काठमाडौं उपत्यकामा थप एक कोरोना संक्रमित व्यक्तिको निधन भएको छ ।
निधन हुने व्यक्ति ६७ वर्षीय पुरुषको रहेको बताइएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि ती व्यक्ति ललितपुरको अल्का अस्पतालमा उपचाररत गराइरहेका थिए । उपचारकै क्रममा उनको मंगलबार बेलुका मृत्यु भएको जानकारी स्वास्थ्य कार्यालय ललितपुरले पुष्टि गरेको छ ।
अस्पतालले दिएको जानकारी अनुसार ती व्यक्ति मंगलबार अल्का अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।