चलचित्र क्याप्टेन बाट नेपाली रजतपटमा आएकी नायिका उपासना सिंह ठकुरीले पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाइन् । चलचित्र क्याप्टेनमा उनको जोडी अनमोल केसीसँग बाधिएको थियो ।
उनको अभिनयलाई पनि दर्शकले रुचाएका थिए । चलचित्रको बजारमा जम्न सहज छैन । यसमाथि, थोरै चलचित्रमा काम गरेर जम्ने अवसर सबैका लागि हुँदैन ।
नायिका उपासना सिंह ठकुरीलाई दोश्रो चलचित्रमा काम गर्दा नै दर्शक र चलचित्रकर्मीले खुबै खोजे ।
चलचित्र ‘क्याप्टेन’बाट यो क्षेत्रमा उदाएकी नायिका ठकुरीले अभिनय गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा कमालको व्यापार गर्न सफल भयो ।
करिब १० करोडको हाराहारीमा व्यापार गरेको चलचित्रबाट नायिकाको काम पनि समीक्षक र दर्शकले रुचाए । दोश्रो, चलचित्रबाट नै यति सफलता पाएकी यी नायिका भाग्यमानी नायिका हुन् भन्दा फरक पर्दैन ।
नायिका सिंहलाई ‘क्याप्टेन’मा काम गर्दा धेरैले विभिन्न खालको टिकाटिप्पणी गरेका थिए । कसैले उनलाई मोटी भने, कसैले नायिकाको लागि फिट नरहेको भनेर टिप्पणी गरे । नायिका ठकुरी भन्छिन्–‘हामीले चलचित्रको पर्दामा वास्तविक जीवनका मानिसको पात्र चित्रण गर्ने हो ।
यसैले, कसैलाई पनि उसको शारीरिक वनावट हेरेर मुल्यांकन गर्नु गलत हो ।’ उनले,यो बर्स पढाई सकेर मात्र नयाँ चलचित्रमा काम गर्ने तयारी गरेकी छिन । तर, उनलाई चलचित्रमा अफर गर्ने निर्माताको संख्या पनि कम छैन । उनि सामाजिक संजालमा पनिक निकै सक्रिय हुन्छिन् ।
हेरौं उनका सुन्दर तस्बिर –
चलचित्र ‘क्याप्टेन’मा समावेश ‘रहर छ सँगै’ बोलको गीत सार्वजनिक भएपछि निर्देशक रामबाबु गुरुङले नायिका उपासना सिंह ठकुरीलाई ‘कबड्डी कबड्डी कबड्डी’मा लिने मनस्थिती पक्का गरेका थिए ।
यो गीतमा उनको अभिनय हेरेपछि उनी पक्का थिए कि, उपासना आफ्नो कथाको पात्रमा फिट छिन् । तर, नायक दयाहाङ राई भने उपासनालाई शंकाको घेराले हेर्दै थिए ।
कतै उपासना आफ्नो जोडी नभएर छोरी जस्तो देखिने हुन् कि भन्ने डर दयामा थियो । तर, स्क्रिन टेष्ट गर्दा दयालाई उपासना आफ्नो जोडीमा फिट लाग्यो ।
पहिलो चलचित्रमा काँचो माटो देखिएकी उपासनाले दोश्रो चलचित्रसम्म आइपुग्दा आफूलाई बलियो रुपमा प्रस्तुत गरेकी छिन् । चलचित्रले मिश्रित समिक्षा पाइरहँदा उनको प्रशंसा भैरहेको छ ।
कसैले उनलाई पहिलो चलचित्रमा भन्दा राम्रो काम गरेको प्रतिक्रिया दिइरहेका छन् भने कसैले उनलाई अबको चलचित्र क्षेत्र हाँक्ने नायिका भनेर समेत भन्न भ्याएका छन् ।
केही समय अगाडि एक अनलाइनसँगकोको कुराकानीमा उपासनाले आफूलाई नम्बर १ नायिका बन्ने सोच नआएको बताएकी थिइन् । बरु, उनले भनेकी थिइन्–‘मलाई राम्रो अभिनय गरेर दर्शकको मन जित्नु छ ।’
उनको चलचित्रले बक्स अफिसमा धमकेदार व्यापार मात्र गरेको छैन, उनले दर्शकको मन आफ्नो कामले पनि जितेकी छिन् । यसैले, त उनलाई अबको आशा लाग्दी नायिका भनेर विश्लेषण गर्न थालिएको छ । चलचित्र क्षेत्रमा नायिकाको स्टारडम पछिल्ला बर्षमा चाडो परिवर्तन भैरहेको छ ।
प्रियंका कार्कीको नम्बर १ को पोजिसन नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले उछिनिन् । प्रियंकाले जति चाडो सफलता पाइन्, त्यती नै चाडो आफ्नो स्थान पनि गुमाइन् ।
साम्राज्ञीलाई पनि अहिले नम्बर १ को स्थान जोगाउन गाह्रो परिरहेको छ । यसैले, पनि नायिकाहरुको पोजिशनमा आएको फेरबदलले उपासनालाई अगाडि ल्याउन सक्छ ।
तर, यसका लागि उनले आगामी चलचित्र रोज्दा धेरै पटक सोच्नुपर्ने हुन्छ । भलै, उनले पहिलो चलचित्रमा आफूलाई नोटिस गराइन् भने दोश्रो चलचित्रमा दर्शक र समिक्षकको तारिफ कमाइन् ।
तर, दुबै चलचित्रले चर्चा पाउनुमा उनी मात्र कारण थिइनन् । यसैले पनि उपासनाका लागि आगामी दिन सजिलो भने छैन । तर, उनले आफूलाई औलामा गन्न सकिने संभावित नायिकाहरुको सूचीमा भने उभ्याएकी छिन् ।
थप तस्विरहरु
ससंद् विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधन