प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ।
कोइरालानिकट एक नेताकाअनुसार स्वाब परीक्षण गर्दा उनको आज पोजेटिभ नतिजा आएको हो ।
उनी अहिले होम–आईसोलेशनमा रहेको बुझिएको छ ।
शशांकले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको लागि सभापति पदमा उम्मेदवारी दिएका छन् ।
सभापतिका लागि दिनरात दौडधुपमा लागेका कोइरालालाई कोरोना संक्रमण भएपछि अहिले नेपाली कांग्रेसका धेरै नेताहरु तनावमा रहेको बुझिएको छ ।
केहीदिन अघि केटीएम दैनिकमा “सभापतिको ‘रेस’मा बुढाको रमिता, के गर्दैछन् युवा नेता !” शीर्षकमा एक स्टोरी समेत प्रकाशित भएको थियो ।