‘बाँडेर खानेको पेट कहिले पनि खाली हुँदैन’ भन्ने उद्धेश्यका साथमा नायिका बेनिशा हमाल रत्नपार्कमा खाना बाढ्न पुगेकी छिन् । सामाजिक सञ्जालमा फोटो राख्दै उनले यस्तो विकराल अवस्थामा सबै एकजुट भएर अगाडी बढ्नुपर्ने भन्दै खाना खुवाउन पुगेको उल्लेख गरेकी छिन् ।
उनले खाना खुवाइरहेको तस्विर सामाजिक संजालबाट समेत सार्वजनिक गरेकी हुन् । तस्बिरका साथ उनले आज पनि रत्नपार्कमा खाना बाँड्ने उल्लेख गरेकी छन् । उनले रोयल कोल्याबोरेटिम्ससँगको सहकार्यमा त्यहाँ खाना खुवाएकी हुन् ।
सरकारले जारी गरेको निषेधाज्ञाका कारण सर्वसाधारणलाई खान समेत समस्या परेको छ । त्यसैले पनि काठमाडौको रत्नपार्कमा अहिले हरेक दिन विहान बेलुका खाना खान सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । त्यहाँ विभिन्न संघसंस्थाले उनीहरुलाई खाना खुवाउने गरेका छन् ।
र यो पनि पढ्नुहोस् :