एजेन्सी । बलिउडमा अर्को ठूलो शोक परेको छ । बलिउडका चर्चित अभिनेता जय प्रकाश रेड्डीको निधन भएको छ । हृदयघातका कारण मंगलवार बिहान उनको निधन भएको हो । उनी तेलेगू फिल्ममा प्रख्यात थिए ।
आन्ध्र प्रदेशको गुन्टुरुमा उनको हृदयघातका कारण अचानक निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी धेरै जसो कमेडी रोलका लागि चिनिने गर्थे । उनले व्रह्मापुत्रबाट आफ्नो फिल्मी करियर शुरु गरेका थिए ।
Saddened by the passing of #JayaPrakashReddy garu. One of TFI's finest actor-comedians. Will always cherish the experience of working with him. Heartfelt condolences to his family and loved ones.
— Mahesh Babu (@urstrulyMahesh) September 8, 2020