सोमबार वैदेशिक रोजगारीका लागि विभिन्न ४ देशबाट ७ सय ३ जना नेपालीहरु स्वदेश फर्किएका छन् ।
कोरोना भाइरसको महामारीपछि सरकारले विदेशमा समस्यामा परेका नेपालीहरुको उद्धार गएको जेठदेखि सुरु गरेको थियो ।
अहिलेसम्म विभिन्न चार्टर्ड र नियमित उडानमार्फत ३० देशबाट ५८ हजार ४६ जना नेपाली स्वदेश आइपुगेको कोभिड( १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ ।
सोमबार स्वदेश फर्किनेमा हिमालयन एयरलाइन्सले साउदी अरेवियाबाट १५४ जना, कतार एयरलाइन्सले कतारबाट ३७० जना, र हिमालयन एयरलाइन्सले कतारबाट १४५ जना गरी ३७० जना, मलेसियाबाट नेपाल एयरलाइन्सले १४० जना र दुईवटा शव, पाकिस्तानबाट ३९ जना नेपाल आएको सीसीएमसीले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
पाकिस्तानबाट आउने ३९ जनामध्ये ५ जना कुटनितिज्ञ, ५ जना पाकिस्तानी नागरिक र ४ जना सार्क सचिवालयका सदस्यहरु रहेको बताइएको छ ।
उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा लगिएको केन्द्रले जनाएको छ ।
उक्त होल्डिङ सेन्टरहरुमा उनीहरुको व्यक्तिगत विवरण संकलन, स्वास्थ परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरुमा समन्वय गरी क्वारेन्टिनहरुमा पठाउने तयारी भएको केन्द्रले जनाएको छ ।