गण्डकी प्रदेशमा आज बिहानै ७६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५ सय ९८ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद बिन्दु शर्माले बताए ।
थपिएकामध्ये पोखरा महानगरपालिकाका ३१ जना, नवलपरासी पूर्वका १५ जना, गोरखाका १८ जना, तनहुँका तीन जना रहेको निर्देशनालयले जनाएको छ ।
पोखरामा थपिएकामध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ जना महिला र आठ जना पुरुष छन् । त्यस्तै मेट्रोसिटी अस्पतालमा उपचाररत दुई जना, पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत चार जना रहेको बताइएको छ ।
सङ्क्रमित सबैलाई आइसोलेशन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।