म पसलमा किनमेल गर्दै थिएँ । त्यतिबेला मैले त्यो पसलको साहूजीलाई ५-६ वर्षको सानी केटीसँग कुरा गरिरहेको देखें ।
साहूजीले भन्दै थिए, “माफ गर्नुहोला छोरी, तर तिमीसँग यो पुतली (doll) किन्न सक्ने पर्याप्त पैसा छैन ।”
अनि त्यो सानी नानीले मतिर फर्किएर मलाई सोधिन्, “अंकल, के तपाईंलाई पनि त्यै लाग्छ कि मसँग पूरा पैसा छैन?”
मैले उसको पैसा गन्ती गरें र उसलाई भनें, “हो नानी, यो साँचो हो कि तिमीसँग यो पुतली किन्न पूरा पैसा छैन ।”
सानी केटीले अझै पनि उसको हातमा त्यो पुतली समातिरहेकी थिई । मैले आफूलाई रोक्न सकिन । मैले नानीलाई सोधें, “तिमीले यो पुतली कसलाई दिनको लागि किन्न खोजेकी छौ, नानी ?” यसमा उसले जवाफ दिई, “यो पुतली मेरो बहिनीलाई धेरै प्यारो छ । म उसको जन्मदिनका लागि उपहार दिन चाहन्छु । मैले यो पुतली पहिले मेरी आमालाई दिनु छ, जसले पछि मेरी बहिनीलाई दिनुहुन्छ ।” यति भन्दै उसका आँखा ओसिला हुन थाले । फेरी भनिन्, “मेरो बहिनी भगवानको घरमा गएकी छे र बुबाले भन्नुहुन्छ कि छिट्टै मम्मी पनि भगवानलाई भेट्न जाँदै हुनुहुन्छ । त्यसैले मैले सोचें कि यो पुतली मम्मीलाई दिए पछि उहाँले यसलाई मेरो बहिनीलाई दिनुहुन्छ ।”
मेरो मुटु एकदम छिटो धड्किरहेको थियो । एकै सासमा नानीले यी सबै कुरा भनिन् ।
फेरी मलाई हेर्दै भनिन्, “मैले मेरा बुबालाई भनी सकेकी छु कि मम्मीलाई भन्नुहोला अहिले न जाने भनेर, म पसलबाट फर्केर नआउन्जेल कुर्नुहोला ।”
त्यसपछि उसले मलाई आफ्नो एउटा धेरै प्यारो फोटो देखाई जसमा उ मजाले हाँसी रहेकी थिइ ।
फेरी उसले मलाई भन्छे, “अंकल, के हजुरलाई थाहा छ कि म आफ्नो यो फोटो मम्मी लाई किन दिदैछु ?”
“किन नानी ?” मैले सोधें ।
“मम्मीले यो फोटो मेरी बहिनी लाई दिनुहुन्छ । मेरी बहिनिले यो फोटो सधैं आफु सँग राख्छ त्यसैले मलाई कहिल्यै बिर्सिन्न ।”
केही बेर चुप्प लागेर केही सोच्दै बसी अनि फेरी भनिन, “म मम्मीलाई धेरै माया गर्छु र मलाई लाग्दैन कि उनी मलाई एक्कासी छोडेर जान तयार छिन् । तर बुवाले भन्नुहुन्छ कि उहाँले मेरो कान्छी बहिनीसँग बस्न जानै पर्छ रे।”
उसले निराश आँखाले एकटक पुतलीलाई हेरी रहेकी थिई । मेरो हात चाँडै मेरो वालेटमा पुग्यो र मैले उसलाई भनें, “नानी, एक चोटी फेरि पनि गन्ती गरौं तिमीसँग पुतलीका लागि पर्याप्त पैसा छ कि छैन, है त ?”
उनले भनिन्, “हुन्छ, तर मलाई लाग्छ म सँग प्रशस्त पैसा छ ।”
त्यस पछि मैले नानिको आँखा छल्दै यसमा केही पैसा जोडेँ र फेरी हामीले गन्न थाल्यों ।
अब उसको पुतलीका लागि पैसा पर्याप्त थिए। यो मात्र होईन, केही पैसा बढ़ी नै थियो ।
आँखा चिम्लेर, हात जोडेर भनिन्, “भगवानलाई एक लाख धन्यवाद, मलाई यति धेरै पैसा दिएकोमा ।”
त्यसपछि उनले मलाई हेर्दै भनिन्,, “अंकल, थाहा छ ? मैले यो पुतली किन्न पैसा दिनको लागि हिजो राति सुत्नु अघि भगवानसँग प्रार्थना गरेकी थिएँ । ताकि आमाले मेरी बहिनीलाई दिन सकुन् । र भगवानले मेरो कुरा सुन्नुभयो । यस बाहेक, मलाई मेरी आमाको लागि सेतो गुलाब किन्न पनि पैसा चाहिएको थियो । तर मैले भगवानसँग यति धेरै पैसा माग्ने हिम्मत गर्न सकिन । तर भगवानले मेरो मनको कुरा सुनी हाल्नु भएछ, त्यसैले त मलाई यति धेरै पैसा दिनुभयो कि अब म पुतली संगै सेतो गुलाब पनि किन्न सक्छु । मेरी आमालाई सेतो गुलाब धेरै मन पर्छ ।”
किनमेल सकिए पछि हामी त्यहाँबाट आफ्नो आफ्नो बाटो लाग्यौं ।
म त्यो सानो केटीलाई मेरो दिमागबाट हटाउनै सकिरहेको थिएन । अचानक मलाई दुई दिन पहिले स्थानीय समाचार पत्रमा प्रकाशित भएको घटना सम्झना आयो जसमा एउटा जड्याया ट्रक चालकको बारेमा लेखिएको थियो । जसले मापसे गरेको अवस्थामा, मोबाइल फोनमा कुरा गर्दै, आमा छोरी बसेको स्कूटीलाई ठक्कर मा रेको थियो । जसमा उनकी तीन वर्षीया छोरी घट नास्थलमैं मरिन् र आमा को मामा गइन् । अब एक महत्त्वपूर्ण निर्णय त्यो परिवारलाई यो लिनू थियो कि तीं महिलालाई जीवन रक्ष क मेसिनमा राख्ने कि नराख्ने। किनभने उनी कोमाबाट बाहिर आएर सन्चो हुन सक्ने अवस्थामा थिइनन् ।
ओह माई गड ! के त्यो परिवार यसै सानी केटीको हो ? मेरो मुटुको एक एक अंग काँपि रहेको थियो !
त्यो सानी केटीसँग भेट भएको दुई दिन पछि मैले समाचारपत्रमा पढ़ें कि तीं महिलालाई बचाउन सकिएन । मैले आफूलाई रोक्न सकिन र समाचारपत्रमा दिइएको ठेगानामा पुगें जहाँ तीं महिलालाई अन्तिम दर्शनका लागि राखिएको थियो । ती महिला सेतो व स्त्रमा थिइन । उनको हातमा सेतो गुलाब र त्यो सानी केटीको फोटो थियो । र उही पुतली उनको छातीमा राखिएको थियो ।
मेरा आँखा ओसिला हुन थाले । म त्यहाँ बाट ओसिला आँखा लिएर फर्कें ।
त्यो सानी नानीको आफ्नी आमा र बहिनीप्रतिको मायालाई शब्दहरुमा बयान गर्न गाह्रो छ । र यस्तोमा, एउटा ज ड्याया ट्रक ड्राइभरले आफ्नो घोर लापरवाहीका कारण एक्कै क्षणमा त्यो सानी नानीको जीवन बाट सबै चीज खोसी दियो ।
—-xxxx—-
आदरणीय पाठक महानुभावहरु, म हजुरहरु सबै सामु, दश औंला जोडेर बिन्ती गर्न चाहन्छु कि कृपया रक्सी पिएर र मोबाइलमा कुरा गर्दा सवारी साधन कहिल्यै नचलाउनुहोस र न आफन्तहरुलाई चलाउन दिनुहोस, किनकि तपाईको सानो गल्ती कसैको सम्पूर्ण जीवन नै सखाप पार्न सक्छ ।