काठमाडौँ । लोकप्रिय अभिनेता नाजिर हुसेनको आज जन्मदिन परेकोछ । जन्मदिनको अवसरमा नाजिरलाई देशविदेशबाट उनका शुभचिन्तक तथा आफन्तहरुले शुभकामनाको वर्षा गराइरहेका छन् । आफ्नो अभिनय व्यबसायिक जीवन मन्दला थिएटरबाट सुरु गरेका थिए ।
चलचित्र क्षेत्रमा प्रवेश गर्नु अगाडि रंगकर्मीको रूपमा चर्चा कमाईसकेका नाजिरले रंगमञ्चमा अभिनय गरेका प्रमुख नाटकहरूमा माथा पन्चर, डिग्री माइला, चरनदास चोर लगायतका छन् ।
पछिल्लो पुस्ताका यि लोकप्रिय अभिनेताले चलचित्र होस्टेल रिटन्सबाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेका हुन् । नाजिरले चलचित्र ‘रज्जा रानी’ गाठो र पछिल्लो चरण ‘वीर विक्रम २’ मा काम गरेका छन् ।
चलचित्रका अलावा कैयौँ सफल म्यूजिक भिडियोमा समेत अभिनय गरेका नाजिरलाई ओएस नेपालका तर्फबाट पनि जन्मदिनको लाखौँ लाख शुभकामना ।