झापामा कोरोना भाइरस संक्रमित एक महिलाको निधन भएको छ ।
झापाको कन्काई नगरपालिका वडा नं. ३ की ४५ वर्षिया महिलाको उपचारकको क्रममा धरानको विपीमा निधन भएको हो । उनलाई भाद्र १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
मेची अस्पतालबाट रिफर भएर प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी ती महिला लामो समयदेखि मधुमेह रोगी भएको बताइएको छ ।
विपी प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाका अुनसार निमोनिया, कमजोरी र कव्जियतको समस्यासंगै केही दिन देखि ज्वरो र स्वास्प्रश्वासमा कठिनाइ भएपछि उपचारका लागि मेची अस्प्तालमा भर्ना भएका थिए । मेची आस्पतालबाट उपचार हुन नसकेपछि थप उपचारकालागि भदौ १८ गते वीपी प्रतिष्ठानमा रिफर भएको प्रवक्ता सापकोटाले बताए ।
उनकाअनुसार प्रतिष्ठानमा भर्ना हुनासाथ स्वाव संकलन गरेर पिसिआर जांच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ती महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको सापकोटाले बताए । मृतक महिलाको श व व्यबस्थापन गर्ने काम भइरहेको बताइएको छ ।
झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । यसअगाडी २ पुरुषको कोरोनाको कारण ज्यान गएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंले बताए ।
थप २८ जनामा कोरोना पुष्टि
त्यस्तै आज झापामा जिल्लामा थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये विर्तामोड नगरपालिकामा रहेको बिएण्डसी अस्पतालमा कार्यरत १ जना चिकित्सक र ११ जना स्वास्थ्यकर्मी सहित १२ जना, कमल नगरपालिकामा ११ जना र मेचीनगर नगरपालिकाको होल्डिङ सेन्टरमा रहेका २ सुरक्षाकर्मीसहित ५ जना गरी जम्मा २८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
अस्पतालमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि बिर्तामोड नगरपालिकाले बिएण्डसी अस्पताल शिल गर्ने तयारी गरेको छ ।
योसँगै झापा जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ । संक्रमितमध्ये ४ सय ८१ जना निको भएर घर फर्केको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंले बताए ।
अहिले १ सय ९४ कोरोना संक्रमितहरु विभिन्न अस्पताल र आइसोलेसन केन्द्रमा उपचार गराइरहेका छन् । तीमध्ये केही होम आइसोलेसनमा पनि बसेको बताइएको छ ।