शनिवार नेपाली चलचित्र शोकमा डुबेको छ । तीन दर्जनभन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व कलाकारको रुपमा काम गरेका सुरेश सिंह पुजारीको निधन भएको छ । निर्माता समेत रहेका उनको शनिवार साँझ काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिएका छन् । घरमा अचानक बेहोस भएर ढलेपछि उनलाई परिवारका सदस्यले अस्पताल लगेका थिए ।
५४ वर्षको उमेरमा निधन भएका उनको आइतवार टेकुस्थित एक गुठीमा अन्तिम दाहसंस्कार गरिएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिन चलचित्र सम्बन्धि विभिन्न संघ संस्थाका व्यक्तिसँगै प्राविधिक, निर्माता तथा निर्देशकहरु पुगेका थिए । उनले चलचित्र क्षेत्रलाई अतुलनीय योगदान पुर्याएको भन्दै विभिन्न चलचित्रकर्मीहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् ।
R.I.P my best fighter Suresh Singh Pujari.
Posted by Rajendra Khadgi on Saturday, September 5, 2020