लोक दोहरी गायक बिष्णु खत्रीको ‘रिनै रिनको’ बोलको मार्मिक गित सार्वजनिक भएको छ ।गरिबीको कथालाई समेटेर तयार पारिएको उक्त भाकालाई नजिकिदै गरेको महान् चाड दशैंलाई मध्यजनर गर्दे तयार पारिएको छ ।
बिदेशिएका युवाको पीडा र गाउँमा रहेका महिलाको पीडा बोकेको उक्त भाकाले अहिलेको नेपाली परिवेषलाई चित्रण गरको छ ।
नेपालको समाजको बर्षौदेखिको रेमिट्यान्समा बाँच्नुपर्ने बिवशतालाई जिवन्त ढंगले गायन र भिडियो मार्फत प्रस्तुत गरिएको छ । गीत मात्रै सुन्दा पनि मन बहलाउँछ । भिडियो हेर्दा अझ भावुक तुल्याउँछ । उसो त खत्रीका यसअघिका भरिया दाइ, किसानी दाइ, कि शास चाहियो, कि लास चाहियो जस्ता दर्जनौ गीतहरु पनि सामाजिक यथार्थता सँगै जोडिएर आएका छन् ।
बिष्णु खत्री र पूर्णकला बिसीले आवाज दिएको उक्त गीतमा लय तथा शब्द सृजना पनि बिष्णु खत्री आफैले गरेका छन भने गीतलाई आफ्नै युटुब च्यानल बिष्णु खत्रिमा राखेका छन।
सुमधुर क्रियसनको प्रस्तुतिमा रहेको गीतको निर्देशन भने कपिल लामा गरेका हुन्। गीतको सम्पादन शिव पौडलको रहेको छ। गितमा ओबी रायमाझी र मारिका केसीले अभिनय गरेका छन् ।
हेर्नुहोस भिडियो