अर्बपति विनोद चौधरी कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्।
१२ भदौमा कोरोना संक्रमण पुष्टि भएका चौधरी ले सामाजिक सञ्जाल ट्विटर मार्फत आफू कोरोनामुक्त भएको जानकारी दिएका हुन् । कोरोना संक्रमण हुदाँ पनि उनले ट्विटरमार्फत आफू संक्रमित भएको जानकारी दिएका थिए । ‘१० दिनसम्मको एकान्तबासमा तपाईंहरुको माया र ऊर्जाले ठूलो हौसला दियो।
त्यही ऊर्जाकै कारण कोरोना संक्रमणबाट मुक्त भएको छु’, उनले भनेका छन्, ‘मैले जीवनमा तपाईंहरु जस्ता आफन्त, इष्ट मित्र, साथी भाइ र शुभेच्छुक कमाएको रहेछु। यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु।’
चौधरीलाई भदौ १२ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो। उनले त्यसबेला आफूसँग सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन भनेका भनेका थिए।
पछिल्लो समय उपत्यकालगायत देशभर कोरोना संक्रमणको संख्या तीव्र गतिले बढिरहेको छ।
आजै नेपाल मजदुर किसान पार्टीका नेता तथा सांसद् प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।