
नेपाल मजदुर किसान पार्टीका नेता तथा सांसद् प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ ।
कोरोना जस्तै लक्षण देखिएपछि शंका लागेर यही भदौ १५ गते उनले परीक्षणका लागि स्वाब दिएका थिए। आज शनिबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो।
आज बिहान रिपोर्ट आएसँगै उनी होम आइसोलेसनमा बसेका छन्। भोलिदेखि उनको सम्पर्क आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिने बताइएको छ। उनको ट्राभल हिस्ट्री खोजिने कार्य भइरहेको बताइएको छ।
भक्तपुर नगरपालिकाले च्यामासिंहमा सञ्चालन गरेको जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको बताइएको छ। उनको अवस्था सामान्य रहेको छ।
शनिबार दिउँसोसम्मको तथ्यांक हेर्नेहो भने काठमाडौं जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या ५ हजार भन्दा बढी नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको स्थिति प्रतिवेदनका अनुसार शनिवार दिउँसोसम्म काठमाडौं जिल्लामा ५ हजार १ सय ७४, ललितपुरमा ६ सय ८० र भक्तपुरमा ४ सय ६७ संक्रिय संक्रमित रहेका छन् ।
र यो पनि पढ्नुहोस् :
११ जिल्ला कोरोनाको ‘हटस्पट’ बन्दा ६ जिल्ला कोरोनामुक्त
