मानव शरीरको विकार वस्तुमध्ये पिसाब एक प्रकारको जटिल रसायन हो। यसमा पत्थरी बनाउने र पत्थरी बन्न नदिने दुईवटै तत्व हुन्छ। पिसाबमा रहेको क्याल्सियम र ओक्जालेटले पत्थरी बनाउँछ भने नेफ्रोक्याल्सिन, युरोपोन्टिन र ट्याम–हर्सफल प्रोटिनले पत्थरी बन्न दिँदैन। कुनै कारणवश पिसाबमा पत्थरी बन्ने तत्व बढ्यो भने यो समस्या उत्पन्न हुन्छ।
पानी कम खाने, बढी गर्मीमा काम गर्ने, पसिना धेरै बग्ने तर पानी कम खाने व्यक्तिमा मिर्गौला सम्बन्धी पत्थरी धेरै देखिने गर्छ। कतिपय अवस्थामा यो समस्या हुनाको कारण थाहा नभए पनि शारीरिक व्यायाम कम गर्ने तथा आरामदायी जीवन बिताउने मानिसमा पनि यो समस्या देखिन्छ।
तौल बढी भएको, पहिला पनि पत्थरी भएको र परिवारमा अरुलाई पनि पत्थरी भएका व्यक्तिहरुमा पत्थरी हुने सम्भावना बढी हुन्छ। कतिपय व्यक्तिमा अनुवंशिक रोगहरुले पनि पत्थरी बनाउन सक्छ। युरिक एसिडको समस्याबाट प्राताडितमध्ये करिब १० प्रतिशतलाई युरिक एसिडखालकै पत्थरी हुने सम्भावना हुन्छ।
पत्थरी भएको कसरी थाहा हुन्छ ?
कतिपय व्यक्तिमा पत्थरीको कुनै लक्षण नदेखिन सक्छ। जब पत्थरीले पिसाब बग्ने बाटोमा बाधा पुर्याउन थाल्छ त्यसपछि मात्र लक्षणहरु देखा पर्न थाल्छन्। पत्थरीको समस्यामा कोखा दुख्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा लाग्ने, पिसाबमा रगत देखिने, वाकवाक लाग्ने लगायतका लक्षण देखिन्छन्। लामो समयसम्म पत्थरीले पिसाबको बहावमा अवरोध भएमा पिसाबको संक्रमण हुने, मिर्गौला सुन्निने, मिर्गाैला नै संक्रमित हुने र मिर्गौला फेल हुनेसम्मको अवस्था आउँछ। पिसाब जाँच, भिडियो एक्सरे, सामान्य एक्सरे, सिटी स्क्यान र कतिपय रगत जाँचले मुत्र प्रणाली सम्बन्धी पत्थरी भएन/भएको पत्ता लाग्छ।
पत्थरी हुन नै नदिन यसो गर्नुहोस
प्रयाप्त पानी :
गर्मी मौसममा पत्थरी हुने मुख्य कारण पानीको कमी हो । गर्मीमा शरीरमा पानीको माग बढी हुन्छ । कम्तिमा २ घण्टामा बाथरुम जानु हुन्न भने बुझ्नुस् तपाइँले कम पानी खाँदै हुनुहुन्छ । गर्मीमा प्रयाप्त पानी पिउनु पत्थरीबाट मुक्ति पाउने एउटा सरल उपाय हो ।
कागतीको शरवतः
गर्मी मौषममा कागती हालेर बनाएको शरवत राम्रो हुन्छ । यसले पत्थरीबाट जोगाउँछ । यसले पेटमा हुने समस्याबाट पनि जोगाउँछ ।
सोडाबाट टाढै रहनुस्ः
आजकल खानामा सोडा मिसाउने चलन आमरुपमा नै छ । तर पत्थरीका लागि भने सोडा घातक मानिन्छ। पत्थरीबाट बँच्नका लागि सोडा हुने खानाबाट बँच्नुस् । गर्मीमा आइस टी, चकलेट, रुबाब र स्ट्रबेरी सेवन नगरेकै राम्रो।
क्याफिन नखानुस्ः गर्मी मौषममा पत्थरीबाट बँच्नका लागि गर्मी महिनामा चिया कफी नखाएको राम्रो मानिन्छ। किन भने चिया कफीमा क्याफिनको मात्रा उच्च हुने हुँदा यो पत्थरीका लागि घातक मानिन्छ । क्याफिनले शरीरमा पानीको कमी हुने अवस्था उत्पनन्न गराइँदिन्छ । चिया कफीको साटो पानी प्रयाप्त मात्रामा पिउनु राम्रो मानिन्छ ।
नून कम खानुस्ः
गर्मीमा पत्थरीबाट बँच्नका लागि नुनको सेवन कम गर्नु नै राम्रो मानिन्छ । सँधै खाने भन्दा पनि कम नून गर्मी महिनामा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । नुनले पत्थरी हुने खतरा बढाउँछ ।
डाक्टरको सल्लाहः
गर्मीमा पत्थरीबाट बँच्नका लागि चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । निरन्तर चिकित्सकको परामर्श लिनुस् । पत्थरीबाट बँच्नका लागि सेवन गर्न सकिने औषधीबारे जानकारी लिन पनि चिकित्सकसँग सल्लाह लिनु राम्रो मानिन्छ। कतिपय औषधीले पत्थरीको सम्भावना कम गर्न मद्धत गर्छन् ।
प्रोटिन ठिक्क खानुस्ः
पत्थरीबाट बँच्नका लागि प्रोटिनको मात्रा नियन्त्रित खानु पर्छ । खानमा माछा मासु र अण्डामा जोड गर्नु भन्दा शाकाहारी भोजनमा जोड दिनुस् । प्राकृतिक शाकाहारी भोजनबाट प्रोटिनको मात्रा पुरा गर्नुस्।
कसलाई हुनसक्छ ?
– पाको व्यक्तिमा जसलाई प्रोस्टेटको समस्या छ ।
– जसको उमेर ८० बर्षभन्दा बढी भयो ।
– त्यस्तो पुरुष जसले बढी जंक फूड र फास्ट फूड सेवन गर्छ ।
– त्यस्तो व्यक्ति जसले पानी कम पिउँछन् ।
– जसको डाइटमा पोषणको कमी छ ।
– परीक्षणबाट सो कुरा सहि निस्किएमा औषधीको माध्यामबाट पनि यसको उपचार खोजिन्छ । औषधीले पत्थरीलाई टुक्रा टुक्रा बनाएर पिसाबको माध्याबाट बाहिर निकाल्छ । यदि औषधीले संभव भएन भने शल्यक्रिया गर्नुपर्ने हुन्छ ।