शुक्रबार काठमाडौं उपत्यकामा ४ सय ५० भन्दा बढी संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४ सय ५४ जनामा कोरोना संक्रमण पाइएको हो ।
आज भेटिएका संक्रमित मध्ये काठमाडौं जिल्लामा ३८६ ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना रहेका छन् ।