स्वयंम्भूस्थित मनमोहन मेमोरियल कलेजमा दुई समुहबीच ‘ग्या ङ फा इट’ भएकाे छ । बिहीबार राति रानीवन र ढुंगेधाराका युवाबीच ‘ग्याङ फाइट’ हुँदा मनमोहन शिक्षण अस्पतालको आकस्मिक कक्ष तो डफो ड हुनकाे साथै आकस्मिक कक्षमा उपचार गर्दै गरेका डाक्टर नर्स तथा सेक्यु रिटी गार्ड कु टिएका छन् ।
तो डफोड र कुट पिटपछि अहिले अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ ।रानीवन र ढुंगेधाराका युवाबीच भलिबल खेल्ने क्रममा ग्या ङ फा इट भएको थियो ।
त्यस क्रममा घाइते भएका पाँच जना युवालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो ।
कुट्ने समूहको एकजना युवा पक्राउ परेपछि सोही समूहका अरू ३०/४० जना युवा आएर घाइतेमाथि कु टपिट गरेको अस्पतालले जनाएको छ ।
अस्पतालमा आएर आकस्मिक कक्षमै भि डन्त गर्ने र स्वास्थ्यकर्मीमाथि आ क्रमण हुने, स्वास्थ्य सामग्रीको तोडफोड गर्ने लगायतको कार्यले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी माथि असुरक्षा बढेको भन्दै आफूहरूले आकस्मिक सेवा बन्द गरेको अस्पतालले जनाएको छ ।
झ डप हुँदा आकस्मिक कक्षमा रहेको इसिजि मेसिन, टिचल फोर्सेव, एम्बु व्याग, टुल लगायतका थुप्रै सामानमा क्षति पुगेको अस्पतालले जनाएको छ ।