आज सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मुल्य तोलाको १ सय ले घटेको छ ।
शुक्रवार (आज) छापावाला सुनको मुल्य ९६ हजार ४ सय मा र तेजावी सुनको मुल्य ९५ हजार ९ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको मुल्य घट्दा चाँदीको मुल्यमा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मुल्य प्रतितोला ३५ रुपैंयाले घटेर १३ सय १० मा कारोबार भएको महासङ्घले जनाएको छ ।