एजेन्सी । बलिउड चर्चित अभिनेता अजय देवगण र पत्नि तथा नायिका काजोल कोरोना कहरका कारण अलग्गिएका छन् । यो जोडी वास्तविक जीवनमा अलग्गिएको नभई कोरोनाका कारण परिस्थितीले भिन्न भिन्न स्थानमा बसेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
संसारभर डरलाग्नेगरी बढेको कोरोना कहरकाबिच नायिका काजोल सिंगापुरमा रहेकी छोरी लिन पुगिन् र मुम्बईमा फिर्ता लिएर आइन् । फेरी कोरोना कहर घटेको भन्दै काजोलले छोरीको पढाइ नछुटोस भनेर फेरी छोरीलाई पुर्याइदिन सिंगापुर गएकी छिन् ।
छोरीलाई एक्लो महसुस नगराउन माता वा पिता मध्ये एक जना सँगै बस्ने सल्लाह अनुसार काजोल सिंगापुर नै बसेको बताइन्छ । यता अजय भने भारतमा कोरोना बढीरहेका बेला अजय लभने छोरा युगको जिम्मेवारी संहाल्नमा ब्यस्त छन् । यसरी अजय र काजोल एक–एक बच्चाको जिम्मेवारी बोकेर आ आफ्नो स्थानमा सुरक्षीत तरिकाले समय बिताइरहेका छन् ।