संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार बिहान ७:२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ ।
केही दिनअघि बझाङ्ग केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लो समयमा नेपालमा ५ रेक्टर स्केलभन्दा कमका भूकम्प गइरहेका छन् ।