बाँकेमा एक ८८ वर्षिय वृद्ध कोरोना मुक्त भएर घर फर्किएका छन् ।
बाँके जानकी गाउपालिका–३ का ८८ वर्षिय पुरुष कोरोना संक्रमण जितेर घरफर्केका हुन् ।
उनीसहित उनकै छोरा र अन्य विभिन्न आइशोलेशनबाट २४ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए
उनी देशभरीकै कोरोना संक्रमित मध्ये जेष्ठ नागरिक भएको हुनसक्ने आकलन र दाबी गरिएको छ ।
८८ वर्षिय वृद्धसँगै उनका छोरा पनि संक्रमित भएका थिए दुबै जना संगै संक्रमण मुक्त भएर घर फर्केका छन ।
नेपालमा २४ हजार बढी कोरोनामुक्त
नेपालमा हालसम्म २४ हजार भन्दा बढी व्यक्ति कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदिउँसोसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार २४ हजार २ सय ७ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।
संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुग्दा निको हुनेको प्रतिशत ५६ दशमलव ४६ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशका विभिन्न अस्पताल र आइसोलेसन केन्द्रबाट ९ सय १७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।