ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा तान्न निस्किएका युवाहरुको समुहको निशानामा परेर गम्भिर घाइेत भएका ट्राफिक प्रहरीको अवस्थाबारे जानकारी लिन माशाखाका प्रमुख एसएसपी भिम ढकाल अस्पताल पुगेका छन् ।
ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेको स्वास्थ्य अवस्थाको जानकारी लिन महाशाखाका प्रमुख एसएसपी भीम ढकाल जावलाखेल स्थित अल्का अस्पताल पुगेका हुन् ।
कोरोनाका कारण जारी निषेधाज्ञा उल्लंघन गर्दै रथ जात्रा गर्न थालेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरीले रथ तान्न रोकेपछि युवाहरूले विरोध गर्दा झडप भएको थियो । सोही क्रममा ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको हो ।
कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घाट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा ड्युटीमा एक्लै रहेका ट्राफिक प्रहरीलाई युवाहरूको समूहले कुटपिट गरेको देखिन्छ । युवाको कुटपिटपछि ती प्रहरीमा भुइँमा लड्छन् । एक जना युवाले त्यहाँबाट बचाउँदै प्ररीहलाई अर्को स्थानमा ल्याउँछन् । तर भाग्दै गरेको प्रहरीलाई पिछा गर्दै अन्य युवाहरूले कुटपिट गर्न छोड्दैनन् । ती प्रहरी भाग्दै भाग्दै अन्ततः ड्युटीमा रहेका प्रहरीको सम्पर्कमा पुग्छन् र प्रहरीले उनको उद्दार गरेर लगेको देखिएको छ ।
ढकालले कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको निषेधज्ञा र जनता जोगाउन अहोरात्र सडकमा खटिएको ट्राफिक प्रहरी माथी त्यसरी सामुहिक रुपमा निर्घात कुटपिट गर्नु अमानविय मात्रै नभई कानुन विपरित समेत भएकोले उनीहरुलाई पक्राउ गरेर कानुनी कारबाही गरिने बताए ।
घाइते भएका घिमिरेको ललितपुर, जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ ।