काठमाडौं / रातो मछिन्द्रनाथको रथ तानेपछि प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ । ललितपुरको पुल्चोक युवाहरुले स्वस्फुर्त तानेपछि तनाव भएको हो ।
प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । युवाहरुले ढुंगामुढा गरेका छन् ।त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । युवाहरुले रथ सडकको बीचमा पुर्याएका छन् ।