काठमाडाैं । बलिउड अभिनेता दिलिप कुमारको दोस्रो भाई अहसान खानको बुधबार राती ११ बजे निधन भएको छ ।
उनी कोरोना भाइरससँग लडिरहेका थिए ।
अगस्ट २१ मा दीपिको अर्को भाईले पनि कोरोना संक्रमणको कारण ज्यान गुमाइसकेका छन् ।
दीलिपको दुई भाई असलम र अहसान खान दुबै जना कोरोना पोजेटिभ थिए ।
उनीहरुमा अक्सिनको कमि देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
अहसान खानको उमेर ९० वर्ष थियो । उनी ब्लड प्रेसरको बिरामी थिए ।
दिलिप कुमारको दुई भाईको निधन ११ दिनको अन्तरालमा भएको छ ।