काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक हप्ता लम्बिएको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख (सिडिओ)हरुसँग भएको छलफलले एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो।
तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । यो अवधिमा के गर्न पाइने र के गर्न नपाइने भन्ने विषयमा सूचना निकालेर जानकारी गराइने बताइएको छ ।
उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए ।
तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन बुधबार मध्यरातिबाट सकिँदैछ । थप एकसाता निषेधाज्ञा थपिएपछि यो अवधि भदौ २४ राति १२ बजेसम्म लागू हुनेछ ।