आज सुनको मुल्यमा गिरावट आएको छ ।
हिजो मंगलबारको तुलनामा सुनको मुल्य तोलामा १२ सय रुपैंयाले घटेर आज ९७ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मंगलबारको दिन सुनको मुल्य ९८ हजार ४ सयमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मुल्य ९६ हजार ७ सय मा कारोबार भएको छ । हिजो तेजावी सुनको मुल्य ९७ हजार ९ सय मा कारोबार भएको थियो ।
सुनको मुल्य तोलामा १२ सय ले गिरावट आउँदा चाँदीको मुल्य भने ३० रुपैंयाले घटेर १३ सय ६५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ । मंगलबारको दिन चाँदीको मुल्य प्रतितोला १३ सय ९५ मा कारोबार भएको थियो ।