महोत्तरीमा करेन्ट नामक गुट्खा खाँदा एक जनाको ज्यान गएको छ ।
बजारमा पाइने करेन्ट नाम गुटखा खाँदा सिकिस्त भएका एक पुरुषको मृत्यू भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने ५५ वर्षीय सूर्यनारायण साहले करेन्ट नामक उक्त गुट्खा सेवन गर्दा उनको ज्यान गएको हो ।
गुट्खा खाएर ज्यान गुमाउने साह पहिलो व्यक्ति भने होइनन् । यसअगाडी पनि धेरै व्यक्तिहरु गुट्खा खाँदा खाँटिमै अड्किएर ज्यान गुमाएका छन् । पछिल्लो समयमा नेपालमा नक्कली गुट्खा बनाउने उद्योगहरु समेत संचालनमा आइरहेका छन् ।
बिग्रेको र अरुमा काम नलाग्ने सुपारीमा केही विषादी राखेर गुट्खा उत्पादन गरिँदै आइएको छ । भारतसँग सीमा जोडिएका नेपालका विभिन्न जिल्लाहरुमा गुट्खा खाने युवा युवतीहरुको संख्या बढी रहेको पाइन्छ