सन् २०२२ को विश्वकप फुटबलको आयोजक कतारले श्रम कानूनमा उल्लेखनीय परिवर्तन गर्दै न्यनूतम तलव वृद्धि सहित रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ ।
नयाँ कानुनअनुसार घरेलु कामदारलगायत नीजि क्षेत्रका कामदारले अब प्रतिमहिना न्यूनतम एक हजार कतारी रियल (३२ हजार रुपैयाँ) आधारभूत तलबको रुपमा पाउने गल्फ टाइम्सले जनाएको छ।
त्यसबाहेक ५०० रियल बस्नका लागि र ३०० खानाका लागि तोकिएको छ र रोजगारदाताले खाने र बस्ने व्यवस्था नगरेको अवस्थामा त्यसबापत तोकिएअनुसार तिर्नैपर्नेछ।
अब कतारमा खाना तथा आवाससहित न्यूनतम तलव १ हजार ८ सय रियाल ( करिव ५८ हजार रुपैयॉ ) हुनेछ ।
कतारको श्रम मन्त्रालयले आइतवार श्रम क्षेत्र सुधार सम्वन्धि कानुन लागु गर्दै भेदभावरहित न्यूनतम ज्याला तथा रोजगारदाता परिवर्तन गर्न नो अव्जेक्सन सर्टिफिकेट ( एनओसी ) आवश्यक नपर्ने व्यवस्था गरेको हो । कानुन त्यहाँको राजपत्रमा प्रकासित भएको छ महिनापछि लागू हुनेछ ।
कतार नेपाली कामदारहरुके प्रमुख गन्तब्य देशहरुमध्ये अग्र स्थानमा पर्दछ ।
करिब पाँच लाख नेपाली कामदार रहेको कतारमा लागु भएको नयाँ व्यवस्थाबाट त्यहाँ कार्यरत् नेपालीहरु लाभान्वित् हुनेछन्।