बिग बोस टेलिभिजनको एउटा यस्तो विवादित शो हो, जहाँ प्रायः झ-गडा र वादवि-वाद भइरहन्छ । बिग बोसको १३ औं संस्करणमा कैयौं यस्ता कलाकार यो शोको हिस्सा भए, जसको रिसले बिग बोसको घरलाई नै पछाडि पारेको थियो । यी प्रतिष्पर्धीको रिस अगाडि अभिनेता सलमान खानको रिस पनि फिका लाग्थ्यो ।
सिद्धार्थ शुक्लालाई बिग बोस १३ को एंग्री यङ मेनका रुपमा चिनिन्छन् । उनको रिसको अगाडि बिग बोसको घर नै हल्लिन्थ्यो । सलमान आफैं पनि सिद्धार्थको रिस अगाडि हैरान भएका थिए । रश्मी देसाईसँगको झ-गडामा सिद्धार्थले बिग बोस घरमा हंगामा नै मच्चाएका थिए ।
रिसाहा प्रतिष्पर्धीको सूचीमा नछुट्ने नाम असीम रियाज पनि हो । उनी बिग बोसको घरमा बिना कारण झग-डामा उत्रिन्थे । बिग बोस १२ मा देखिएकी सुरभी राणा पनि आफ्नो रिसका लागि लोकप्रिय थिइन् । उनले रिसमा बिग बोसका अन्य सदस्यलाई मुखमा आउन्जेल गाली दिन पनि पछि पर्दिन थिइन् । विना कारण झ-गडा गर्ने स्वभावका कारण उनी कैयौं पटक सलमानबाट आलोचित पनि बनिन् ।
शिल्पा सिन्देको रिस पनि अन्य प्रतिष्पर्धीको भन्दा कम छैन । उनले रिसकै कारण विकास गुप्तालाई निकै दुःख दिएकी थिइन् । सोही कारण विकासले घरबाट भाग्ने प्रयास पनि गरेका थिए । शिल्पाले बिग बोसको घरमा रिसले कैयौं पटक ता-ण्डव नै मच्चाएकी थिइन् ।
बिग बोस सिजन ७ लाई बलिउड अभिनेता अरमान कोहलीको रिसका कारण सबैले सम्झन्छन् । उनको रिसले बिग बोसको घर नै डराउँथ्यो । उनको स्वर सुन्ने बित्तिकै अन्य प्रतिष्पर्धीको बोली बन्द हुन्थ्यो । अर्का प्रतिष्पर्धी कुशाल टण्डन बिग बोस ७ मा देखिए । शोको समयमा कुशालको रिसले धेरै मानिसको निन्द्रा हराम गर्दथे । उनी यती रिसाहा थिए कि आफ्नो चित्त नबुझेमा अर्कामाथि हात नै हाल्थे । उनको व्यवहारकै कारण बिग बोसले उनलाई हटाएको थियो ।
इमाम सिद्धिकी आफ्नो अटपटे लुक्सका लागि पनि चिनिन्छन् । उनी रिसमा अनौठो किसिमको मेकअप र लुगा लगाएर घुम्थे । उनको यो शैली देखेर सबै चकित पर्दथे । आशका गोरडिया त इमामको यो क्रियाकलापबाट यति डराउथिइन् कि उनी क्यामराकै अगाडि चिच्याएर रुन्थिन् ।
सोनाली रावत बिग बोस ८ मा देखिएकी थिइन् । सोनालीले आफ्नो रिस घरमा त देखाइनन्, तर उनले आफ्नो रिसले अली कुली मिर्जालाई दुव्र्य-वहार नै गरिन् । टेलिभिजनकी कोमोलिका अर्थात् उर्वशी ढोलकिया पनि आफ्नो बुटंगा कुराले चर्चामा आउछिन् । बिग बोसको घरमा उर्वशीले आफ्नो रिसका कारण धेरैलाई वर्ग छुट्याएकी छन् । कुनै समय उर्वशीबाट जोगिन अन्य प्रतिष्पर्धीहरु लुक्दथे ।
रिसको मामलामा सम्भावना सेठको व्यवहार उस्तै खरो थियो । उनी बिग बोसको घरमा दुई पटक प्रवेश गरिसकेकी छन् । उनले दुवै पटक आफ्ना दुस्मनलाई बोल्न नै दिइनन् । बिग बोस ५ मा आकाशदीप सहगलले आफ्नो रिसले सबैलाई डराउने बनाएका थिए । उनले आफ्नो रिसकै कारण राष्ट्रिय टेलिभिजनमा अभिनेता सञ्जय दत्तको बेइज्जत नै गरेका थिए । जसकारण सलमानले आकाशदीपलाई घरबाट निकालिदिए । घरबाट बाहिर निस्किएपछि आकाशदीपले सलमानलाई आफ्नो करियर बर्बाद बनाएको आरोप नै लगाए ।
‘बाप पर मत जाना’ डाली बिन्द्राको यो संवाद आज पनि धेरैका लागि सम्झना ताजै छ । मनोज तिवारीसँगको झगडा पछि डालीसँग जोकोही पनि कुरा गर्न डराउथे । टेलिभिजन अभिनेता विन्दु दारा सिंहले बिग बोस ३ मा आफ्नो रिसका कारण धेरैलाई निन्द्राविहिन बनाइदिएका थिए । तर उनले त्यो शोको उपाधि जिते ।
आजकल सामाजिक सन्जालमा सबैको वर्ग छुट्याउने केआरके पनि बिग बोसको पाहुना बनिसकेका छन् । बिग बोसको इतिहासमा केआरके यस्ता पहिलो सदस्य हुन्, जसले आफ्नो रिसले अर्को सदस्यलाई मा-र्नेसम्मको प्रयास गरेका थिए । रिसकै कारण उनले पानीको बोटल अन्य सदस्यमाथि फ्यालेका थिए । बिग बोसमा देखिएका राजा चौधरीको रिस पनि उस्तै कडा थियो । पुरा सिजन भर कोही पनि राजासँग निहुँ खोज्न जाँदैन थिए ।