प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी प्रा. डा उपेन्द्र पोखरेलको नियुक्तिको बचाउ गरेका छन् । योग्य भएकाले नै कोइरालाको नियुक्त गरिएको उनको भनाई छ ।
हिजो प्राइम टिलिभिजनसँगको अन्तर्वातामा उनले कोइरालालाई योग्यताकै आधारमा राष्ट्रिय वाणिज्य बैंकमा नियुक्त गरिएको बताएका हुन् । ‘उहाँ ईश्वर पोखरेलको सम्धी हुनुभन्दा पहिले नै प्राध्यापक भइसकेका थिए, भिसि भएर काम गरिसकेका थिए,’ ओलीले भने,‘यदी कोही क्षमतावान मान्छे योग्य भयो भने उसको प्रतिस्पर्धा गर्ने हक नै नहुने ?’
सरकारले सबै नियुक्तिहरु योग्यताकै आधारमा गरिएको उनको भनाई थियो । सरकारले सबै नियुक्तिहरु योग्यताकै आधारमा गरिएको उनको भनाई थियो । ओम्नी समूहलाई आफूलाई चिन्दै नचिनेको ओलीले बताए । कतै अनियमितता भएलगत्तै आफुले छानबिन गर्ने उनको भनाइ छ ।
को हुन् कोइराला ?
कोइरालाको यसअघिका नियुक्ति र उनका कामहरु पनि विवादित छन् । उनको नियुक्ति पाउने क्रम २०५१ सालबाटै सुरु भएको हो । तत्कालिन नेकपा एमालेको सरकार हुँदा २०५१ सालमा खाद्य संस्थानको महाप्रवन्ध नियुक्त भए । खाद्य संस्थान पछि उनी महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुखको नियुक्ति पाए ।
त्यसपछि पनि उनी खाली बस्नु, परेन एमाले सरकार बन्ने वित्तिकै उनले नियुक्ति पाइहाल्थे । पोखरेल वाणिज्य तथा आपुर्ति मन्त्री बनेका बेला कोइराला नेपाल आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए ।
२०६२/६३ पछि कोइराला उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त भएका थिए । त्यसबेला त उनी झन् विवादित भएका थिए ।
त्यसबेला गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर भ्रष्टाचार गरेको भन्दै विवाद उत्पन्न भएको थियो । यो विषयमा सार्वजनिक लेखा समितिले छानविन गरेपछि उनले राजीनामा दिएका थिए ।
विवादमा मुछिए पनि कोइरालाले नियुक्ति भने पाइरहे । मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति हुँदा उनीविरुद्ध आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै पर्यो ।
विश्वविद्यालयमा उनीविरुद्ध आन्दोलन नै भएको थियो । अनियमितता भएको भन्दै विश्व विद्यालयमा विद्यार्थीहरुले २ महिनासम्म तालाबन्दी गरेका थिए ।