जुम्ला र कालिकोटको सिमानामा पर्ने कालिकोटको तिलागुफा नगरपालिका वडा नं १ को नाग्म बजारमा पहिरो खस्दा चारवटा घर पुरिएका छन् ।
कर्णाली राजमार्गको छेउमै पर्ने घरहरु पहिरोको चपेटामा परेका हुन् भने कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
बिहानको समय भएका हुनाले घरभित्र मानिसहरु पुरिएको हुनसक्ने आशंका गरिएको छ ।
अपडेट : कालिकोटमा पहिरोले २ महिने शिशु सहित ९ जनाको ज्यान लियो
नाग्म बजारमा कुनैपनि सञ्चारमाध्यमले काम नगर्ने हुँदा त्यहाँको स्थिती बुझ्न निकै कठिन भएको जुम्लामा रहेका केटिएम दैनिकका स्तम्भ लेखक बाल गोपाल देवकोटाले बताए ।
पहिरोले पुरेका घरमा जतिसक्यो चाँडो उद्दान हुनसके मानविय क्षति कम हुने देवकोटा बताउँछन् ।
भिरालो जमिनमा रहेको बस्तीका घरहरूको सिरानमा जथाभावी पानी छोडेकाले पहिरो गएको स्थानीयले बताएका छन् ।
र यो भिडियो पनि हेर्नुहोस्