साताको पहिलो दिन सुनको मुल्यमा केही उकालो लागेको छ ।
शुक्रवार सुनको मुल्य ९६ हजार ९ सय मा कारोबार भएकोमा आइतबार तोलाको ३ सय रुपैंयाले बढेरर ९७ हजार २ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंङ्घले जनाएको छ ।
शनिबारको दिन सुनको नयाँ मुल्य निर्धारण नहुने भएकाले शुक्रवार नै निर्धारण भएको मुल्यमा शनिबार पनि कारोबार हुने गरेको छ ।
आज छापावाल सुनको मुल्य तोलाको ९७ हजार २ सय कायम भएको छ भने तेजावी सुनको मुल्य ९६ हजार ७ सयमा कारोबार भइरहेको छ । शुक्रवारको तुलनामा तेजावी सुनको मुल्यमा ३ सय रुपैंया बृद्धी भएको हो ।
सुनको मुल्य उकालो लागिरहँदा चाँदीको मुल्य भने स्थिर नै छ । शुक्रवारदेखि चाँदीको मुल्यमा तोलाको १३ सय ४० मा कारोबार भइरहेको महासंङ्घले जनाएको छ ।
भाद्र महिनामा १ लाख नाघ्यो
गत साउन २३ गते सुनको मुल्यमा ऐतिहाँसिक मुल्य कायम भएको थियो त्यो दिन सुनको मुल्य १ लाख ३ हजार ५ सय कायम भएको थियो भने त्यसपछिका केही कम भएको थियो ।
साउन २८ देखि १ लाख मुनि रहेको सुनको मुल्य भाद्र महिनाको २ र ३ गते १ लाख नाघेको थियो । भाद्र २ र ३ गते सुनको मुल्य १ लाख ४ हजारमा कारोबार भएको महासंङ्घको मुल्य सूचीमा उल्लेख गरिएको छ ।
त्यसपछिका दिनमा सुनको मुल्य तोलाको १ लाख भन्दा तल नै कारोबार भैरहेको छ ।