खड्ग बहादुर मुगु जिल्लाको निवासी थियो । उसका बुबा द्वन्द्वमा मारिए र केही वर्ष पछि उसकी आमा पनि बिरामीको कारणले गर्दा उसलाई सधैंका लागि छोडेर गईन् । ऊ घरबाट निकै गरीब थियो । तर उसलाई पढ़ाईमा धेरै रुची थियो । आमा-बुवा नरहँदा ऊ एक्लै भयो । आफन्त र छिमेकीहरूले उसबाट काम त धेरै गराऊँथे तर कसैले पनि उसको अध्ययनमा सहयोग गरेनन् । विद्यालयको शुल्क तिर्न नसकेका कारण उसलाई विद्यालयबाट पनि निकालियो र कक्षा ९मा पढाई छोड्नु पर्योक ।
पढ़ाई पूरा गरेर केही बन्नको लागि उ काठमाडौं जान चाहन्थ्यो । उसले काठमाडौं जाने पैसा जोड्नको लागि मुगूको सदरमुकाम गमगढीको एउटा होटलमा काम गर्न शुरू गर्यो । होटल मालिकले उसलाई बिहानदेखि राति सम्म काम गराउँथ्यो र एक महिनामा मात्र १ हज़ार रुपैयाँ दिन्थ्यो। खड्ग बहादुरले होटल मालिकसँग लगनशील भएर काम गर्न थाल्यो । अब होटल मालिक पनि उसको कामबाट खुसी थियो ।
एक दिन काठमाडौंबाट रारा ताल घुम्न भनेर केही पर्यटकहरु गमगढी आए त्यही होटलमा बसे जसमा खड्ग बहादुर काम गर्थ्यो । भोलिपल्ट होटल मालिकले ती पर्यटकहरूलाई रारा ताल घुमाउन लैजाने जिम्मेवारी खड्ग बहादुरलाई दिएको थियो ।
अर्को दिन बिहानै, पर्यटकहरु तयार हुनु अघिनै खड्ग बहादुर तयार भइसकेको थियो । २ घण्टा पैदल यात्रा थियो गमगढ़ी बाट रारा ताल सम्म पुग्न । दुई जना महिला र दुई पुरुष सँगै, चार पर्यटक र एक खड्ग बहादुर, पाँच जना एक साथ रारा ताल तिर हिंडे । खड्ग बहादुरलाई बाटो थाहा थियो । ऊ पहिले पनि धेरै चोटि गएको थियो । बाटोमा खड्ग बहादुरसँग कुरा गर्दै एक पर्यटकले सोधे, “तिम्रो नाम के हो ?”
खड्ग बहादुरले जवाफ दियो, “सर, खड्ग बहादुर !”
“स्कूल जान्छौ खड्ग बहादुर ? कुन कक्षामा पढ्छौ ?” उही पर्यटकले सोधे ।
“जान्थें पहिला” खड्ग बहादुरले जवाफ दियो ।
“जान्थें मतलब ? अब जान्नौ र ?” साथै हिड़ेकी महिला पर्यटकले सोधिन् ।
“हो मेम, अब जाँदैन” खड्ग बहादुरले भूइँतिर हेर्दै भन्यो ।
सबै जना हिड्न बन्द गरे ।
“किन? तिमी अहिले स्कूलमा किन जादैनौ?” अर्की महिलाले जिज्ञासापूर्वक सोधिन् ।
“हामी यहाँ केहि बेर आराम गरौं, त्यसपछि हामी अगाडि बढौंला ।” तेस्रो पर्यटकले भने।
सबैजना त्यही डांडामा केही आराम गर्न बसे ।
पहिलो महिला फेरि खड्ग बहादुर तिर फर्किन् “तिमीले भन्थ्यौ कि तिमी अब स्कूल जाँदैनौ । कुन कक्षामा थियौ र अब तिमी किन जाँदैनौ ?”
त्यसपछि खड्ग बहादुरले उनीहरुलाई आफ्नो कथा विस्तृत रूपमा भन्यो । सबै खड्ग बहादुरलाई छक्क परेर हेरी रहेका थिए ।
एकजनाले भन्यो, “यस्तो लायक बच्चा ! आफ्नो पढाई छोडेर, यस दुर्गम क्षेत्रमा केवल १००० रुपैयाँको नोकरी गरी रहेको छ ?”
किनकि खड्ग बहादुरले उनीहरुलाई आफ्नो कथा सुनाई सकेको थियो र उनीहरुले पनि रामै सँग बुझी सकेका थिए । उनीहरु मध्ये एक महिलाले भनिन् , “खड्ग बहादुर, बाबू हामीलाई थाहा छ कि तिमी अंझै पढ्न चाहन्छौ र त्यसको लागी काठमाडौं जान चाहन्छौ र पैसा जोड्दैछौ ।”
“हो मेम, यो सत्य हो ।” खड्ग बहादुरले भन्यो ।
एक जना पुरुषले भने, “साथिहरु, हामीले यसको सहायता गर्नु पर्छ यार ।”
सबैजना मिलेर बोल्छन्, “निश्चित रुपमा”
एक जनाले सोधे, “होटेलमा काम गरेर तिमीले कति पैसा जोड़ी सक्यौ त ?”
“म पाँच महिनादेखि काम गर्दैछु यहाँ, होटल मालिकसँग ५ हजार रुपैयाँ जम्मा भई सकेको छ ।” खड्ग बहादुरले जवाफ दियो ।
अर्कोले सोध्यो, “यदि हामी तिमीलाई काठमाडौं लैजान चाहन्छौं भने, के तिमी हामीसंग जान तयार छौ ?”
खड्ग बहादुरको अनुहार खुशीले उज्यालो हुन्छ । जसरी बिहान सूर्यको प्रकाशले हिमालयको सेतो हिउँ चम्किन्छ त्यसरी नै !
“साँच्चै हो र ?” खड्ग बहादुरका आँखाहरू फुट्न व्याकुल थिए।
“१००% साँचो हो छोरा।” यसो भन्दै एउटी महीलाले उसलाई अँगालो हालिन् ।
खड्ग बहादुरको मुटुले ती सबै पर्यटकहरुका लागि भित्रबाट नै प्रार्थना गरिरहेको थियो । उता उनिहरु सबैलाई पनि खड्ग बहादुरको मद्दत गर्ने सोचेर अनौठो रमाइलो भइरहेको थियो ।
त्यसपछि तिनीहरू सबै रारा तालमा गए । त्यहाँ मनभरी प्रकृतिलाई नियाली सकेपछि, भोलिपल्ट फर्किए र गमगढी होटेलमा पुगे । होटल मालिकबाट खड्ग बहादुरको जम्मा गरेको ५ हज़ार रुपैयाँ लिएर उनले खड्ग बहादुरलाई आफूसँग काठमाडौं लगे ।
सबैले समान सहयोगका साथ खड्ग बहादुरलाई साँझको स्कूलमा भर्ती गरे। उनीहरु उसको बस्न र खानको व्यवस्था पनि गर्दै थिए, तर खड्ग बहादुर एकदम स्वाभिमानी थियो । उसले अस्वीकार गर्यो र भन्यो, “सर/मेम, म तपाईहरुलाई आजीवन कहिल्यै बिर्सिने छैन कि तपाईहरूले मलाई पिछडिएको क्षेत्रबाट काठमाडौं जस्ता शहरमा ल्याउनु भयो र विद्यालयमा भर्ना पनि गराई दिनु भयो । मेरो लागि यो धेरै ठूलो कुरा हो । मलाई बस्न र खानको लागि व्यवस्था गर्नुको सट्टा, तपाईंहरुले मलाई कतै काममा लगाईं दिनुहोस । मेरो स्कूल साँझ छ र म दिनभरि खाली रहन्छु । त्यहाँ दिउँसो काम गर्दा मेरो बसाई र खान को व्यवस्था भई हाल्छ । म काम पनि गर्ने छु र मेरो पढाई गर्न जारी रहन्छ ।”
ती व्यक्तिहरूले पनि उसको लागि एक डिपार्टमेंटल स्टोरमा कामको व्यवस्था मिलाए । अब खड्ग बहादुर दिनमा त्यहाँ काम गर्थ्यो र साँझ कक्षामा पढ्न जान्थ्यो । खड्ग बहादुर फेरि नौ कक्षाबाट पढ्न थाल्यो । बाल्यकालदेखि नै खड्ग बहादुर पढाईमा एकदम राम्रो थियो । यहाँ पनि ऊ कक्षामा पहिलो आउन थाल्यो । उसका धेरै नयाँ साथीहरु पनि बने । शिक्षकहरुले पनि खड्ग बहादुरलाई धेरै माया गर्न थाले । सबै राम्रै भइरहेको थियो ।
तर सधैं सबै राम्रै कहाँ भई रहन्छ र ? भाग्यको फरक दृष्टिकोण थियो । एकदिन साँझ, डिपार्टमेन्टल स्टोरमा अचानक आगलागी भयो । त्यसबेला खड्ग बहादुर स्कूलमा थियो । सबै जलेर खरानी भयो । खड्ग बहादुरको जागिर पनि गयो । अब खड्ग बहादुरले बसोबास र स्कूलको शुल्कका लागि अरु नै केही काम गर्नुपर्ने बाध्यता हुन गयो ।
अब उसले बिहान बिहान जनताको घरमा समाचार पत्र राख्नुका साथै घर-घरमा गएर सामान बेच्न थाल्यो । यस काममा परिश्रम त धेरै थियो तर आय भने केही ख़ास थिएन ।
शनिवारको दिन थियो, खल्तीमा पैसा थिएन र आज धेरै गर्मी पनि थियो । खड्ग बहादुर साह्रै भोकाएको थियो । उसले मनमा सोच्दै थियो कि म अब जुन घरमा सामान बेच्न जान्छु, त्यहाँ पिउनलाई पानी माग्छु र पानीबाट भोक मेटाऊँछु । खड्ग बहादुरले एउटा सानो घरको ढोका ढकढक्यायो, एउटी केटीले ढोका खोलिन् । खड्ग बहादुरले उसलाई आफ्नो सामान देखाउन सुरु गर्यो र भन्यो, “दीदी, कृपया यो किन्नुहोस् न, यो सामान एकदम राम्रो छ।” तर ती केटीले भनिन्, “भाई, मसँग यति धेरै पैसा पनि छैन र मलाई अहिले यसको आवश्यकता पनि छैन ।”
निराश मनले आफ्नो सामानहरू झोलामा राख्दै गर्दा खड्ग बहादुरले ती केटीलाई एक गिलास पानी ल्याई दिन अनुरोध गर्यो । तर ती केटीले खड्ग बहादुरको अनुहार देखेर थाहा पाई हालिन् कि ऊ एकदमै भोको छ र उसले आफ्नो भोक मेटाउन पानी माग्दै छ । ती केटी घर भित्र गइन् र आफ्नो आमालाई लिएर बाहिर आईन् ।
ती केटीकी आमाले भनिन्, “छोरा, तिमी धेरै भोका छौ जस्तो लाग्छ । तिम्रो अनुहार बाट थाहा हुँदैछ। भित्र आउ, हामी त गरिब हौं, यहाँ खानको लागि राम्रो त केहि छैन, हामीले त “सिन्की र भात” पकाएका छौं । आमा खड्ग बहादुरसँग कुरा गर्दै थिईन्, केटीले “सिन्की र भात” पस्केर ल्याई सकिन् ।
खड्ग बहादुरलाई यति जोरले भोक लागेको थियो कि उसले आफुलाई रोक्न सकेन र गप् गप् “सिन्की भात” खान शुरू गरी हाल्यो । खाना खाइसकेपछि, खड्ग बहादुरले आफ्नो आँखा बन्द गरेर भगवान र तीं आमा छोरीलाई धन्यवाद दिँदै, केटी तर्फ हेरेर, विचलित स्वरमा सोध्यो, “कति पैसा भयो खानाको ?”
त्यो दिन तपाईंले “सिन्की र भात” ले मेरो जीवन बचाउनुभएको थियो र आज मैले आफ्नो कर्तव्य पूरा गरेको छु । आज मैले डाक्टरको रूपमा तपाईको उपचार गरें तर मानवताको रूपमा तपाईको बिल तिरेर मद्दत गरें । र “मद्दत पैसाको लागि गरिदैन ।” त्यसैले तपाईंले अस्पतालको बिल तिर्नु पर्दैन ।
केटीलाई १० वर्ष पूर्वको त्यो घटना आँखा अगाडी झलक्क याद आयो । खुशीले डाक्टरलाई अंगालो हालिन् र रूँदै भनिन् “धन्यबाद भाई ।”
केटीले भनिन्, “पैसा ! के को लागि ? बुबाले मलाई सिकाउनुभएको छ कि मद्दत पैसाको लागि गरिदैन ।”
खड्ग बहादुर ले केटी र तिनकी आमाप्रति कृतज्ञ हुँदै त्यहाँ बाट गयो ।
समय बित्दै गयो । केही वर्ष पछि, एक दिन त्यही केटी गम्भीर बिरामी भईन् । डाक्टरहरूले धेरै प्रयास गरे तर उनको अवस्था बिग्रँदै थियो । त्यसैले स्थानीय डाक्टरले उसलाई ठूलो अस्पतालमा रेफर गरे । ती केटीको रिपोर्ट देखेर त्यो ठूलो अस्पतालका डाक्टरले वीर अस्पतालका विशेषज्ञ डाक्टरलाई बोलाए । विशेषज्ञ डाक्टरले उसलाई उपचार गर्न थाले । उनले त्यो केटीको जीवन बचाउन दिनरात एक गरे र अन्तमा सफल भए ।
केटी धेरै खुसी थिईन् । तर अब उनी चिन्तित हुन थालिन् कि कसरी यो ठूलो अस्पतालको बिल तिर्ने? ती केटीले नर्सलाई सोधिन्, “बहिनी, बिल कति बनेको छ?” नर्स चुपचाप मुस्कुराउँदै बाहिर गईन् । केटीको तनाव झन बढ्न थाल्यो । ती केटी उठेर रिसेप्शनिस्टकहाँ गइन् र भनिन्, “कृपया हेर्नुहोस्, म तपाईको सबै पैसा चाँडै तिर्नेछु तर मलाई बताउनुहोस कि बिल कति भयो ?” रिसेप्शनिस्टले हाँस्दै भनिन्, “कुन बिल ? कस्तो प्रकारको बिल ? तपाईंको बिल भरी सकेको छ।” केटीले केही पनि बुझिनन्, उनले भनिन्, “के ? बिल भरी सकियो रे ? तर कसले भर्यो ? त्यो पनि मलाई न सोधेर ?”
तब रिसेप्शनिस्टले उनको हातमा एक खाम दिईन् । केटीले खाम खोलिन्, त्यसमा एउटा चिठ्ठी थियो, जसमा लेखिएको थियो, “तपाईंको सबै उपचार भुक्तान भई सकेको छ, “सिन्की भात” द्वारा । तपाईं आराम गर्नुहोस् ।”
केटीले रिसेप्शनिस्टलाई सोधिन्, “यो मान्छे को हो?” कृपया मलाई भन ।”
रिसेप्शनिस्टले भनिन्, “उहाँ तपाईको कोठामा तपाईलाई पर्खि रहनु भएको छ ।” ती केटी आफ्नो कोठा तिर दगुर्दै गईन् ढोका खोलिन् र देखिन् कि उहाँ त उसैको उपचार गर्ने विशेषज्ञ डाक्टर पो थिए ।
युवा र दक्ष हृदय रोग विशेषज्ञ “डॉ. खड्ग बहादुर सिजापति”
ती केटी छक्क परिन् र डाक्टरलाई सोधिन्, “सर, तपाईंले मेरो उपचार गर्नुभयो र तपाईले नै मेरो बिल तिर्नुभयो ! तर किन ?”
डाक्टरले भने, “तपाईलाई सायद याद छैन र तपाईले मलाई चिन्नू पनि भएन ।”
“आउनुहोस् यता बस्नुहोस”, डाक्टरले केटीलाई इशारा गर्दै कोठामा राखिएको सोफामा बस्न भने ।
“याद गर्नुहोस्” डाक्टरले भने, “आजभन्दा १० बर्ष पहिले, एक दिन म तपाईको घरमा केही सामान बेच्न आएको थिएँ र तपाईसँग पानीको एउटा गिलास मागें । तर मलाई पानी दिनुको सट्टा, तपाईं र तपाईंको आमाले मलाई घर भित्र लगेर “सिन्की र भात” खुवाउनु भएको थियो । जब म तपाईंलाई “सिन्की र भात” को लागी पैसा दिन चाहान्थें, तपाईले एउटा वाक्य भन्नुभयो जुन मैले आजसम्म बिर्सिएको छैन र म जीवनमा कहिले बिर्सने पनि छैन । त्यो वाक्य थियो, बुबाले मलाई सिकाउनुभएको छ कि “मद्दत पैसाको लागि गरिदैन ।”
त्यो दिन तपाईंले “सिन्की र भात” ले मेरो जीवन बचाउनुभएको थियो र आज मैले आफ्नो कर्तव्य पूरा गरेको छु । आज मैले डाक्टरको रूपमा तपाईको उपचार गरें तर मानवताको रूपमा तपाईको बिल तिरेर मद्दत गरें । र “मद्दत पैसाको लागि गरिदैन ।” त्यसैले तपाईंले अस्पतालको बिल तिर्नु पर्दैन ।
केटीलाई १० वर्ष पूर्वको त्यो घटना आँखा अगाडी झलक्क याद आयो । खुशीले डाक्टरलाई अंगालो हालिन् र रूँदै भनिन् “धन्यबाद भाई ।”
यदि तपाईं ह्रदय देखि कसैलाई मद्दत गर्नुहुन्छ भने, त्यसको फल भगवानले निश्चित रूपमा तपाईंलाई दिनेछन र त्यो पनि ब्याजको साथमा । त्यसैले मद्दत गर्नुहोस, तर निःस्वार्थ भावनाले । किनभने तपाई द्वारा गरिएका कर्महरू ढीलो अथवा चाँडो एक दिन तपाईकहाँ फिर्ता अवश्य आउँछन् ।