अहिले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्याकाल सकिन आँटेको छ ।
२०७३ साल भदौ २९ गते सरकारले उनलाई ४ वर्षको लागि नेपाल विद्युत प्राधिकरणको कार्याकारी निर्देशकमा नियुक्त गरेको थियो अब उनको कार्यकाल अझै केही दिन बाँकी नै छ।
सामाजिक सञ्जालमा कुलमान चाहियो भन्दै अभियान नै सुरु भएको छ । प्राधिकरणको प्रमुख भएर कार्यभार सम्हालेको २ महिनादेखिनै लोडसेडिङ हटाउन सुरु गरेर जनमासमा छाएका घिसिङलाई अबको ४ बर्षे कार्यकाल पनि काम गर्न दिनु पर्ने जनताको माग छ ।
कुलमान घिसिङको समर्थनमा बरिष्ठ कलाकारद्वय महजोडी मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , करिश्मा मानन्धर , क्याप्टेन विजय लगायत धेरैले सामाजिक सञ्जालबाटै पुन नियुक्ति गर्न अनुरोध गरेका छन् ।
कुलमान घिसिङको बारे क्याप्टेन विजय लामा लेख्छन्:
कुलमान घिसिङ्ज्युको बारे ऐले सामाजिक सन्जाल देखि सबै ठाउमा वहाँलाइ विद्युत प्राधिकरणमा अझै अवधी थपेर राख्नु पर्छ भन्ने कुरा जताततै चलिरहेको छ । हरेक नेपाली जनताले यसबारे के होला भनेर चासो राखेको अवस्था छ ।
कुरा नचलोस पनि किन, वहाँको कामको परिणाम हो । अँध्यारो बाट उज्यालो नेपाल बनाइ दिने त्यस्तो ब्यक्तिको बारेमा सबैलाइ चासो हुनु पर्छ पनि।
जताततै कुलमानज्युको कार्यकाल थप्नु पर्छ भन्ने कुरामा कसैको पनि दुइमत छैन भन्दा गलत हुन्न होला! अब के हुन्छ होला भन्ने कुरामा अड्किनु परेको छ हामी सबै!!!
राम्रो काम गरे पछि पदोन्नति हुन्छ हैन ? त्यसैले कुलमान घिसिङ ज्युलाइ महा प्रबन्धकको (Managing Director) पदमा राख्न गाह्रो भए प्राधिकरणको Executive Chairman को पदमा बढुवा दिएर अझै प्रभाबशाली बनाउन मिल्दैन र? यसो गरे कसो होला?