छिमेकी मुलुक भारतमा एकैदिनमा ७७ हजार भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।
यो संख्या अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो ।
सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २ सय ६६ जना सङ्क्रमित फेला परेका छन् ।
भारतको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा १ हजार ५७ जनाको कोरोनाका कारण ज्यान गुमाएको तथ्यांक सार्वजनिक गरेको छ ।
भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ६१ हजार ७ सय २५ पुगेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म झण्डै ३४ लाख मानिस सङ्क्रमित भएका छन् । मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म ३३ लाख ९२ हजार २ सय ९५ जना सङ्क्रमित फेला परेका हुन् ।
कुल संक्रमित मध्ये ७ लाख ४५ हजार ५ सय ४० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् जसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
झण्डै ३४ लाख संक्रमित भएको भारतमा २५ लाख ८५ हजार ३० जना कोरोनामुक्त भएर घर फर्केका छन् ।