नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा लामो समयदेखि चुलिएको विवाद टुङगिने देखिएको छ । नेकपाको विवाद अन्त्य गर्न बनेको समितिले तयार पारिएको प्रतिवेदन अनुसार शनिवार बस्ने सचिवालय बैठकले मन्त्रीमण्डल पुनगठन गरेर समस्याको समाधान गर्नेमा विश्वास लिइएको छ ।
ओलीले बामदेव गौतमलाई सरकारमा सहभागी गराएर संकट टार्ने वालुवाटार स्रोतले जानकारी दिएको छ । गौतमले राम्रो पद पाए आफु लिने नत्र भने आफ्नै श्रीमती तुलसा थापालाई मन्त्री बनाउन ओलीलाई दवाव दिएको बुझिएको छ । यसअगाडी पनि सरकार धरमरको अवस्थामा पुगेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउने बताएका थिए । नेपालको राजनैतिक वृतमा यसलाई ‘बामदेव कार्ड’ भनेर चर्चा परिचर्चा भएको थियो । प्रचण्ड गुटतिर पुगेका बामदेवले आफू प्रधानमन्त्री बन्ने आश्वासन पाएपछि लुरुक्क ओलीको गुटमा आएका थिए ।
तुलसा थापा संघीय सांसद् छिन,साथै नेपाल कबड्डी सङ्घको अध्यक्ष समेत रहेको कारणले युवा तथा खेलकुद मन्त्रालयमा जाने प्रबल सम्भावना भएको बुझिएको छ । भाग बन्डा मिलाउनकै लागि पनि नारायण काजी श्रेष्ठ उपप्रधान तथा महत्त्वपूर्ण मन्त्री पाउने सम्भावना बलियो छ।
नेकपाले एक नेताले नाम नखुलाइदिने सर्तमा भने, ‘ एक साताभित्रै हेर्नुहोला अहिले चर्चामा आएका अधिकांशको नामको अगाडी मन्त्री पद थपिनेछ जसलाई शनिबार सचिवालय बैठकले पूर्णता दिनेछ।।’
मन्त्रीमण्डलमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष बामदेव गौतम सम्मले कोटाहरु पाउनेछन् ।