काठमाडौँ । स्वास्थ्य उपकरण बनाउने कम्पनि लुमिराडीएक्सले १२ मिनेटमा कोरोना परिक्षण गर्न सकिने टेस्ट किट बनाएको छ ।
केन्द्रीय कार्यालय लन्डनमा रहेको लुमिराडीएक्सले बनाएको यो टेस्ट किट सजिलो र भरपर्दो रहेको दाबि गरिएको छ । अहिले स्व़ाब टेस्टबाट कम्तिमा ९० मिनेटमा नतिजा आइरहेकोमा यो टेस्ट किटले १२ मिनेटमा नै नतिजा दिने दाबी गरिएको छ ।
यस टेस्ट किटलाई अमेरिकाको फेडरल ड्रग्स एड्मिनिस्ट्रेसनले अनुमति दिइसकेको छ भने युरोपमा भने अनुमतिको अन्तिम चरणमा रहेको बताइएको छ ।
यसलाई स(साना क्लिनिक र मोबाइल टेस्टमा समेत सजिलै प्रयोग गर्न सकिने बताइएको छ । स्कटल्याण्डले लुमिराडीएक्ससँग ५ लाख परिक्षणका लागि ३ सय टेस्ट किट मेशिनको सम्झौता गरेको छ ।
लुमिराडीएक्सक प्रमुख कार्यकारी अधिकृत रोन जवानजिगरले यस टेस्ट किटको नतिजा छिटो मात्र आउने नभएर नतिजा भरपर्दो समेत रहेको बताएका छन् । उनले यसको आधारमा संक्रमितको उपचार छिटो हुने र अन्यलाई संक्रमण सर्नेक्रम पनि रोक्न सहयोगी हुने बताएका छन् ।