अभिनेत्री तथा मोडल रेखा लिम्बूले केही व्यक्तिले एउटा अ श्लील भिडियोमा आफ्नो नाम जोडेर सामाजिक सञ्जालमार्फत् आफ्नो चरित्र ह त्या गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएकी छन् ।
उनले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै केही समययता सामाजिक सञ्जालमा देखिएको एउटा अश्लील भिडियोमा अनुहार मिलेको भन्दै आफ्नो नाम जोडिएपछि आफू मा नसिक तना वमा परेको बताएकी छन् ।
एउटा विदेशी अ श्लील भिडियो सँग मेरो नाम जोडेर सामाजिक संजालको मेसेन्जर ग्रुपहरुमा एउटा अज्ञात समूहले मेरो बारेमा अफ वाह फैलाएर मेरो बदनाम गराउने कार्य गरिरहेको उनले विज्ञप्तीमा उल्लेख गरेकी छिन् ।
उनले शुरुमा त्यो अ श्लील भिडियो केही व्यक्तिले पठाएर अनुहार मिल्यो भने पनि आफू नभएकाले वास्ता नगरेको तर पछि धेरैमाझ म्यासेञ्जरमार्फत् फैलिएपछि स्पष्ट पार्नका लागि विज्ञप्ति निकाल्न बाध्य भएको बताएकी छन् ।
उनले विज्ञप्तिमा भनेकी छिन्, ‘खाएको वि ष पो लाग्छ तर मलाई खाँदै नखाएको वि ष जबर्जस्ती खुवाएर मेरो चरि त्र ह-त्या गर्न खोजिँदै छ ।’
रेखाले आफ्नो बदनाम गर्न सामाजिक सञ्जालमार्फत् अनावश्यक भ्रम फैलाउनेहरूलाई कारबाहीका लागि साउन २ गते इलाका प्रहरी कार्यालय धरानमा साइबर क्रा इम अन्तर्गत निवेदन दर्ता गराएको बताइन् ।
यसैबीच नेपाल चलचित्रकर्मी सङ्घ प्रदेश नं.१ ले पनि सोमबारै प्रेस विज्ञप्ति जारी गरेर अभिनेत्री तथा मोडल रेखा लिम्बूको चरित्र ह त्या गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएको छ । सङ्घले सामाजिक सञ्जालको दुरुपयोग गर्दै कलाकारको चरित्रह त्या गर्ने कार्यका विरुद्ध प्रदेशका चलचित्रकर्मीहरू एक भएर लाग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।