ट्रिनीडाड । क्याराबिन प्रिमियर लिग (सीपीएल) यस सिजनको चौथो खेलमा नेपालका लेग स्पीनर सन्दीप लापमछानेले समान्य प्रदर्शन गरेका छन् । बुधबार बिहान भएको खेलमा सन्दीपको टोली जमैका ताल्लवाजले गुइना अमेजन बारियर्ससँग प्रतिस्पर्धा गरेको थियो ।
ट्रिनीडाडको क्वीन्स पार्क ओभलमा भएको खेलमा जमैकाले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङमा उत्रिएको गुयनालाई जमैकाले २० ओभरमा ९ विकेट लिएर १०९ रनमै रोक्न सफल भयो । जमैकाले यस खेलमा ५ विकेटको जित निकाल्न सफल भएको छ । १८ ओभरमा ५ विकेट गुमाएर ११३ रन बनाउँदै जित हात पारेको हो ।
यस क्रममा सन्दीप लामिछानेले १ विकेट लिन सफल भए । पूरा ४ ओभर बलिङ गर्दा १२ रन मात्रै दिए । १०औं ओभरमा बलिङमा आएका उनले ३ रन दिए । १२औं ओभरको पहिलो बलमा नै रदरफोर्डलाई असिफ अलीबाट क्याच आउट गराए । यस ओभरमा ४ रन दिए । त्यसपछि १४औं ओभरमा १ रन र १६औं ओभरमा ४ रन दिएका उनले थप विकेट भने लिनज सकेनन।
यस खेलमा जमैकाका लागि अफगानी अफब्रेक स्पीनर मुजिव रहमानले उत्कृत्ष्ट बलिङ गरे । उनले ४ ओभरमा उनले ११ रन मात्रै दिएर ३ विकेट लिन सफल भए । फिडेल इडवार्डले पनि गुयनाको ३ विकेट लिए ।
गुयनाका लागि न्युनिल्याण्डका ब्याट्सम्यान रोस टेलरले बनाएको २३ रन नै उच्च स्कोर रह्यो । १०९ रनको झिनो लक्ष्य पछ्याएको जमैकाका व्याट्सम्यानले सुरुमा खुलेर व्याटिङ गर्न सकेनन् । जमैकाका लागि बोनरले सर्वाधिक ३० रन बनाए ओपनर ग्लेन फिलिप्सले २६ रन, जेरमाइन्ड ब्लाकवुड २३ र रसेलले २३ रनको योगदान थिए ।