काठमाडौं । नेपालकै सबैभन्दा कान्छी उमेरकी गाउँपालिका उपाध्यक्ष हुन सिन्धुपाल्चोक,जुगल गाउंँपालिकाका उपाध्यक्ष सिर्जना तामाङ् । सानैदेखि बहुप्रतिभाशाली उनी पढाइमा समेत उत्तिकै अब्बल थिइन् । त्यतिमात्रै होइन उनी सानैदेखि राजनीतिक क्रियाकलापमा सक्रिय रहन्थिन ।
जुगल गाउंँपालिकाको जनताको मनमुटुमा बस्न सफल उनले तात्कालिन नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट स्थानीय तहको निर्वाचनमा पनि भारी मतले जितिन ।
तपाई नेपालकै कान्छी पालिकाको उपाध्यक्ष बन्न सफल बन्नुभयो । यो कसरी सम्भव भयो ? म सानैदेखि मेरो गाउंँपालिकाको हरेक कार्यक्रममा सहभागी हुन्थे । बिशेषगरी महिलाले भोगेका समस्याबारे म चनाखो हुन्थें । र उनीहरुले भोगेका दुःख, महिला हिंसा कसरी न्यूनिकरण गर्ने भन्ने बारेमा चिन्ता पनि थियो ।
अर्कोकुरा म ०६२, ०६३को आन्दोलन देखिनै एमाले पार्टीप्रति सद्भाव थियो सानैभएपनि राजनीतिक गतिविधि नियाल्ने कोशिश गर्थे । ततपश्चात म जिल्लााको पार्टीको विभिन्न तह र तप्कामा काम गर्ने मौका पनि पाएंँ ।
साथै सामाजिक संस्थामा पनि आवद्ध रहंँदै आएको थिएां । कुनैपनि क्षेत्रफलमा सफलता पाउनु आफ्नो निरन्तर त्याग र समर्पण पनि हो । जसले गर्दा मैले पहिला पार्टीको विश्वास जित्न सफल भएंँ आखिर मैले जनताको विश्वास पनि जितें फलस्वरुप म जुगल गाउंँपालिकाको उपाध्यक्ष बन्न सफल भएंँजस्तो लाग्छ ।
तपाई जत्तिको महिला अन्य क्षेत्रतिर पनि लाग्न सक्नुहुन्थ्यो किन राजनीतिनै रोज्नु भयो । म सानैदेखि आफ्नो गाउंँको परिवर्तन गर्न चाहन्थे । यस्तो पिछडिएको गाउंँलाई परिवर्तन गर्नु चानेचुने कुरापनि थिएन । अर्कोकुरा हाम्रो समाज अझैपनि पुरातनवादी र कुप्रथाले जकडिएको छ ।
तर ममा दृढ विश्वास थियो, । म जसरी पनि परिर्वतन गराएरै छोड्ने मेरो अठोट थियो । विश्वमा आधा आकाश ढाकेको महिलाहरु अझैपनि नेतृत्व तहमा न्यून उपस्थिति देखेर मन भतभती पोल्थ्यो । सो क्रममा त्यतिबेला मैले विश्वमा महिलाको सहभागिता भन्ने पुस्तक पढ्ने मौका मिल्यो ।
जुन कितावमा जम्मा विश्वमा १६ प्रतिशत महिलाको मात्र सहभागिता छ भन्ने थाहापाएपछि । मलाई झन राजनीतिमा जाने प्रेरणा मिल्यो । आखिर हाम्रो देशको हरेक क्षेत्र राजनीतिमा भर पर्छ । परिवर्तनको लागि राजनीति रोज्नुको विकल्प अरु थिएन । राजनीति मोहकै कारण म यस क्षेत्रमा आकर्षित भएंँ । जसबाट म केहीहदसम्म सफल भएको छु भन्ने लाग्छ ।