बारामा मास्क नलगाउने सर्वसाधारणलाई कारबाही गरिरहेका प्रशासन प्रमुख स्वंयले मास्क नलगाउँदा कारवाही हुन्छ कि हुँदैन भन्ने विषयमा सामाजिक सञ्जालमा आलोचनात्मक विश्लेषण सुरु भएको छ ।
बाराका सिमावर्ती क्षेत्रहरुमा तस्करी मौलाएको खबर सुनेपछि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको नेतृत्वमा अनुगमन भएको थियो ।अनुगमनका क्रममा खिचिएका तस्बिर सार्वजनिक भएपछि हाल प्रजिअको आलोचना सुरु भएको हो ।
सार्वजनिक भएको तस्बिरमा प्रजिअ पण्डितले निधारमा मास्क लगाएको देखिएको छ ।
मुख र नाक छोप्ने गरि मास्क लगाउनु पर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड भएपनि प्रजिअले मापदण्डलाई वास्ता गरेका छैनन् ।
अझ, उनले आफैले तर्जुमा गरेको नियमको समेत उल्लंघन गरेका छन् ।बारा पर्साका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले हाल प्रजिअको मास्क बिनाको फोटो पोष्ट्याउँदै कारवाहीको माग गरिरहेका छन् ।सामाजिक सञ्जालका एक प्रयोगकर्ता लेख्छन् “जनताले मास्क नलगाए जबर्जस्ति १०० रुपैया तिराउने हाम्रो प्रजिअ रुद्र प्रसाद पण्डित ज्यु निधारमा मास्क लगाउदा कति तिर्नुपर्ने उचित होला?”
त्यस्तै अर्का समाजिक संजाल प्रयोगकर्ता बिनय गुप्ता लेख्छन् “२४ घण्टा नैं माक्स लगाउने नियम नहोला कि आवश्कता अनुसार लगाउँदा होलान्। माक्स नलगाउने लाई जरिवाना गरिएकाे हो। फोटोमा माक्स निधारमा छ । उमेर अनुसारले गारो भाको बेला माथि गरिएकाे होला।
स्वास फेर्न गाह्रो भएर माथि सारेको हुँ । प्रजिअ
सामाजिक सञ्जालमा व्यापक आलोचना हुन थालेपछि वारा जिल्लाका प्रमुख जिल्ला अधिकारीले यसबारेमा आफ्नो प्रतिक्रिया दिएका छन् । प्रजिअ पण्डित भन्छन् “आज सिम्रौनगढ अनुगमनको क्रममा खैरो N 95 मास्क लगाउदा श्वास थुनिएको जस्तो महसुस हुने भएकोले दुरि कायम गरि मास्क माथी सारेको बिषयलाई टिप्पणी आएको रहेछ ! भोलिदेखी मेडिकल मास्क नियमित रुपमा प्रयोग गरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु !”