काठमाडौँ – काठमाडौँको काँडाघारीका सैलुन सञ्चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ काँडाघारीका सैलिन सञ्चालक एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि सो क्षेत्र सिल गरिएको मेयर कृष्णहरि थापाले जानकारी दिए ।
सैलिन सञ्चालकमै संक्रमण पुष्टि भएपछि दाह्री, कपाल काटेकाहरूको खोजी गरेर बृहत मात्रा परीक्षणको तयारी भएको मेयर थापाले जानकारी दिए ।
कागेश्वरी मनोहरामा अहिलेसम्म ७१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।