पर्साको वीरगञ्ज महानगरपालिका-११ मा कोरोना सङ्क्रमणका कारण एक महिलाको ज्यान गएको छ ।
नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा हिजो बेलुका ५६ वर्षकी महिलाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
गएकाे साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते महिलाका कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको थियो ।
ज्यान गुमाउने महिलालाई थाइराइडको समस्या थियो । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
साउन २४ गतेदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो । योसँगै नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्जमा कोरोना सङ्क्रममणबाट ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ ।