२०७७ साल भाद्रशुक्लपक्ष भदौ ७ गते आइतवार पंचमी तिथि चित्रा नक्षत्र चन्द्रमा कन्या राशिमा ।
मेष राशि : शत्रु पराजित हुने समय छ । ज्ञान विज्ञानका कुरा सिक्छ पाइनेछ । मानसिक सन्तुष्टि पनि मिल्ने दिन रहेको छ । कृषि तथा कृषि कार्यँग सम्बन्धित व्यवसायबाट लाभ होला । आर्थिक आम्दानी हुने विभिन्न अवसर आउनेछन । पारिवारिक सहयोग भन्दा इष्टमित्रको सहयोग प्रभावकारी हुनेछ । पढाइ लेखाइबाट पनि राम्रै प्रगति गर्नसकिने दिन छ । सन्तान पक्षबाट शुख प्राप्त हुने योग छ । धातु तथा निर्माण व्यवसायमा हुनुहुनहरुका लागि राम्रो समय छ । प्रेम प्रसंगका कुरामा रमाईलो किसिमको दिन छ ।
वृष राशि : तपाईंको कुरा काट्ने मान्छेहरु आज प्रसस्त हुनेछन् त्यसैले धेरै सावधान रहेर कामहरु गर्नु पर्ने देखिन्छ । मनसिक चिन्ता बडन सक्छ । त्यसले तपाईंको अध्ययन अध्यापनमा पनि हानि पु¥याउला । वैदेसिक रोजगार व्यवसायमा भने लाभदायक दिन छ । त्यस्तै तरल पदार्थको काममा पनि प्रसस्त लाभ मिल्ने देखिन्छ । कुरा गरौं प्रेम प्रसंगको आज तपाईंको घर परिवारले पनि तपाईंको प्रेम प्रसंगलाई राम्ररी लिनेछ । बेलुकी पखको शुभ समाचारले मनमा आनन्दको अनुभव गराउने छ ।
मिथुन राशि : पठन–पाठनमा भने त्यत्ति मन नजाला, हरियो साग सब्जीको काममा प्रसस्त नाफा हुने देखिन्छ । धाएर गर्नु पर्ने काममा पनि मन जाने छ । तपाईंले आज मनन गर्नु पर्ने कुरा के छ भने स्वास्थ्यमा खरावि देखिएला त्यसैले खानपिनमा सावधानी अपनाउनु भए राम्रो होला । आज तपाईंले पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ । दाम्पत्य जीवन पनि सहयोगी रहला । अनि साथ साथै ऐतिहासिक स्थानको यात्रमा रमाउन पाउनु हुने छ ।
कर्कट राशि : आज तपाईले रमाइलो तरिकाले कामहरु गर्न पाउनु हुने छ । अनि विपरित लिङ्गिको हौसलाले पनि तपाईंमा आज जोश र जागर बड्ने देखिन्छ । मध्यान्न पछि तपाईंले आज अरुको काममा समय दिएर खुशी रहनु हुनेछ । अनि एउटा कुरा तपाईको बोलीमा आज प्रभाव रहनाले राजनीति क्षेत्रमा प्रगति होला । प्रेम प्रसङ्गमा भने बिछोडको सामना गर्नु पर्ला । श्रमजीविहरुका लागि पनि आजको दिन रमाइलो रहने देखिन्छ । आज चल–अचल सम्पत्तिको कारोवार पनि हुन सक्नेछ ।
सिंह राशि : काममा बाधा सम्भावना रहेकाले धैर्यता पूवर्क काम गर्नु होला । नया किसिमका भने खासै कुनै पनि काम बन्ने देखिन्न । शरीरमा पनि पीडा होला । जिम्मेवारी सँगसँगै मानवीय संरक्षण गर्नपहल गरेकोमा गौरव ठान्नु होला । गरिराखेको पेसाबाट मन अघाएर नयाँ काम तिर मन जाला । बौद्धिक तथा रचनात्मक कामबाट मानसिक सन्तुष्टि मिल्ने छ ।सामान्य भर्दा पिन सामान्य ब्यक्तिबाट उचित सहयोग प्राप्त होला ।
कन्या राशि : आज तपाईंले सामाजिक काममा समय दिनु पर्ला आफूले गरेका कामबाटै आफूलाई असन्तोष पनि होला । आनको दिन ठूलो लगानी र योजनाको काम नगर्न भए बेश होला । स्वास्थ्यमा पनि सामान्य खराबी आउनसक्छ । यतिबेला जतिसक्यो संयमता अपनाउनु पर्ने देखिन्छ । हरेक काममा ढीलाई हुने देखिन्छ । समयको सदुपयोग गर्न तर्फ बडो सहज रहनु पर्ने देखिन्छ । अनावश्यक विवाद आउन सक्छ विचार प¥याएर काम गर्दा राम्रो होला ।
तुला राशि : धार्मिक कार्यमा खटिनु पर्ला । राम्रा कामको राम्रै मूल्याङ्कन हुने समय आएको छ । लामो समयदेखि नबनेको काम आज बन्ने देखिन्छ । स्वास्थ्यमा सामान्य खराबी आउनसक्छ । यतिबेला जतिसक्यो संयमितता अपनाउनु पर्ला । तपाईंबाट कुनै विशेष वस्तुको सिर्जना पनि हुनसक्छ । यतिबेला तपाईंले गरेका कामको सबैले प्रशंसा गर्नेछन् । पठनपाठन तथा लेखन प्रकाशन जस्ता वौद्धिक कामबाट राम्रा प्रगति हुनेछ सरसल्लाहलाई भने मनन गर्नु होला । यो समय तपाईंका लागि घर जग्गा जमिन उपलब्ध हुने पनि समय छ ।
वृश्चिक राशि : परिश्रम गर्ने समय आएको छ । आज अरुले पनि तपाईंको राम्रो सहयोग गर्लान् । दीर्घजीवनका लागि फलदायी दिन रहला । मन पनि रमाउने छ । लगभग साठी प्रतिशत काम सम्पन्न होलान । त्यसो त चिसोबाट हरबखत नै सजग रहनु पर्नेछ । परिश्रम गर्नसके लाभ लिन सकिने समय छ । बौद्धिक तथा सचनात्मक क्षेत्रतर्फ पनि रुचि बड्र्नेछ देखिन्छ । व्यवसायिक क्षेत्रबाट आर्थिक लाभ भइरहला ।
धनु राशि : तपाईंले आज हर समय सजग रहनु होला । अधुरा कामहरु पनि अधुरा नै रहलान् जस्तो छ । संयमित भइ आफ्नो गतिविधि बढाउनु होला । नचिनेका व्यक्तिसित नयाँ मित्रता कायम होला । जग्र्गा जमिनको कारोबार भन्दा जागिरबाट राम्रै प्रगति हुने देखिन्छ । मानसिक परिश्रम बढी गर्न पला । समयको सदुपयोग गर्न तर्फबडो सहज रहनु भउ आम्सिक रुपमा राम्रो होला । कर्मचारी वर्गका लागि भने फलदायी दिन रहेको छ ।
मकर राशि : विपरित लिङ्गिको हौसलाले तपाईंका कामहरु आज सजिलै संग बन्नेछन । आर्थिक पक्ष राम्रो छ, त्यसैले रुपैया पैसाको काममा आज राम्रौ किसिमको लाभ मिल्ला । धर्मिक ठाउंको रमाइलो यात्रामा सामेल हुनु पर्ला । यति हुदाहुदै पनि तपाईंको स्वास्थ्यमा आज केहि खरावी देखिन सक्छ, त्यसैले खानपिनमा सावधानी अपनाउनु होला । पे्रम प्रसंगमा खासै राम्रो समय छैन मनमुटाव हुन सक्ला । यदि तपाईं सरकारी सेवामा हुनुहुन्छ भने तपाईंका लागि आज अझ राम्रो दिन छ ।
कुम्भ राशि : तपाईंका लागि समय राम्रो किसिमको रहेको छ । अनि तपाईको मन आज पठन–पाठनमा पनि राम्रै संग जाने देखिन्छ । तर पनि कठिन यात्रामा भने सरिक हुनुपर्ला । मन परेको सामग्री किन्नमा तपाईंको आज अलिकति पैसा खर्च हुने पनि देखिन्छ । साथ साथै तपाईंको आज आफन्तजन संग पनि मिलन हने सम्भावना रहेको छ । अनि एउटा कुरा तपाईको बोलीमा आज प्रभाव रहने हुनाले राजनीति क्षेत्रमा प्रगति हुने देखिन्छ ।
मीन राशि : आजको दिन तपाईंकालागि मध्यम खालको छ । कामको बोझले थाकेको महसुस होला । तपाईंले आज रुपैया पैसाको काम गर्दा भने धेरै नै जोगिनु पर्ने देखिन्छ । अनि स्वास्थ्यमा पनि खरावि देखिने सम्भावना रहेकोले खानपिनमा सजक रहनु नै बेश होला । प्रेम प्रसंगको कुरा गर्दा, आज तपाईंको प्रेम प्रसंग सुखद रहने छ । अनि विपरित लिङ्गिको हौसलाले पनि तपाईंले आज खुशिको अनुभब गर्न पउनु हुनेछ । तपाई सञ्चार क्षेत्रमा हुनुहुन्छ भने तपाईंका लागि आजको दिन फलदायी रहनेन छ ।