
भारतीय बलियुड उद्योग मा धेरै नै अभिनेता र अभिनेत्री हरु छन् जुन उत्कृष्ट अभिनय को कारण बलियुड मा टिकेका छन् र संसार भर तारिफ को पात्र बनेका छन् । विश्वमै सफल मानिएको बलिउडमा अभिनेता र अभिनेत्री हरुको कुनै कमि छैन सबै उत्तिकै प्रतिभाशाली छन् तर केहि अबिनेत्री हरु अभिनय क्ष्मता भन्दा पनि उनीहरुले देखाउने बोल्ड फोटो र भिडियो हरुले मात्र बलिउडमा टिक्न सफल भएका छन् !
पर्दामा देखिने उनीहरुको बोल्ड सिनका कारण उनीहरुको फिलम् ले मार्केट तताएको हुन्छ !
उर्वशी रौतेला

सुन्दरताको विषयमा कोही भन्दा कम छैनन् उर्वशी रौतेला । सनी देओलसँग फिल्म ‘सिंह साहब दी ग्रेट’ बाट बलिउडमा डेब्यु गरेकी रौतेलाका पछिल्ला फिल्महरु परिवारसँग बसेर हेर्न सकिदैन । फिल्म ‘हेट स्टोरी– ४’ मा उनले दिएको दृश्यमा ‘बोल्डनेस’ को सीमा नाघेको छ ।
जरीन खान
बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘वीर’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी खानको उक्त फिल्म निकै चर्चित भयो । जुन फिल्म पारिवारिक फिल्म थियो । तर त्यसपछि उनले गरेका कुनै पनि फिल्म पारिवारिक रहेनन् ।
ईशा गुप्ता
सामाजिक सञ्जालमा बोल्ड तस्बिरकै कारण प्रायः चर्चामा आइरहने अभिनेत्री हुन् ईशा गुप्ता । उनले पहिलो फिल्ममा दिएको ‘हट’ सीनका कारण उनका पछिल्ला सालीन पात्रको रुपमा गरेको अभिनयलाई पनि दर्शकले स्वीकार गरेनन् । अहिले उनी बोल्ड फोटोशुटमै लिप्त छिन् ।
अमीषा पटेल:
करियरको सुरुवातमा उनका फिल्महरु सफल भए । उनी पनि सफल अभिनेत्रीको रुपमा परिचित भइन् । तर विस्तारै फिल्म चल्न छोडेपछि उनले अंग प्रदर्शनको साहारा लिइन् तर उनलाई त्यो उपायले पनि साथ दिन सकेन
सनी लियोन
बलिउडमा प्रवेश गर्नुअघि ‘पो र्न स्टार’ रहेकी उनको परिचय नै खराब थियो । उनलाई आइटम गीतमा धेरै काम गराइयो र मुख्य भूमिकामा कम । उनलाई बलिउडमा फिल्म चलाउनकै लागि मात्र प्रयोग गरिएको छ ।
