सुर्खेतमा बिहीबार राति ९ बजेदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।
हिजो बेलुकादेखि अवरुद्ध भएको विद्युत सेवा अहिलेसम्म पनि सूचारु हुन नसकेको सुर्खेतमा रहेका हाम्रा प्रतिनीधि दीप बहादुर बडुवालले जानकारी दिएका छन् ।
रामघाट देखि वीरेन्द्रनगर बीचको प्रशारण लाइनमा समस्या आई लाइन होल्ड हुन नसकेको हुँदा वीरेन्द्रनगर लगायतका क्षेमा विद्युत सेवा अवरुद्ध हुन पुगेको हझ ।
रातिको समय एबं प्रतिकूल मौसमका बावजुत लाइन सुचारु गर्न प्रयासरत छौ भन्ने सूचना नेपाल विद्युत प्राधिकरण शाखा सुर्खेत बाट प्राप्त भएको छ ।
निषेधाज्ञाले ले गर्दा घरमै बसिरहेका आम मानिसहरुलाई विद्युत सेवा अवरुद्ध हुँदा निकै कष्ट भएको बाल गोपाल देवकोटाले बताए ।
पछिल्लो पटक प्राप्त भएको जानकारी अनुसार सुर्खेतको कल्याण र हिलेसोता बीचको जंगलमा रुख ढल्दा ८ -९ पोलमा क्षति हुन पुगेको हुनाले विद्युत सूचारु हुन अझै केही समय लाग्ने बताइएको छ ।