जुम्लाको हिमा गाउँपालिकाका थप ५१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
केही दिन अघि ९ जना कोरोना पोजेटिभ देखिएको हिमा गाँउपालिकाका कर्मचारी सहित अन्य सम्पर्क व्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा ५१ जना र कालिकोटको नाग्ममा बसोवास गरिरहेका ५ जना सहित थप ५६ जना संक्रमित भएका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओम प्रकाश देवकोटाका अनुसार संख्या मात्रै प्रारम्भिक भएको जानकारी दिए ।
यसैगरी अन्य पदाधिकारी सहितको समेत स्वाब संकलन गरिएको छ ।
बालगोपाल देबकोटाको सहयोगमा