झापाको मेचीनगर नगरकार्यपालिकाको कार्यालयले नगरका तीनवटा वडमा अर्को व्यवस्था नभईञ्जेल साउन २८ गतेदेखिको लकडाउनलाई निरन्तरता दिने भएको छ ।
साउन २८ गते रातको १२ बजेदेखि भदौ ३ गते रातको १२ बजेसम्म नगरका १५ वटै वडामा लकडाउनको घोषणा गरेपनि बुधबार बसेको वैठकले नगरका वडानम्वर ६,७ र ८ नम्वर वडामा लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार तीनवटा वडामा अत्यवश्यक र मालवहाक बाहेकका सवै सवारी साधन सञ्चालन नगर्ने, अत्यवश्यक कामदेखि बाहेक आफ्नै घरमा सुरक्षितरूपमा बस्ने, सामाजिक दुरी कायम गरि कृषि कार्य गर्न सक्ने, विशेष कार्यका लागि प्रयोग गरिने साधन पालिकाले उपलब्ध गराएको पास लिएर चलाउन सकिने, वित्तीय संस्थाहरूको हकमा नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम संञ्चालन गर्ने, डेरी, खाद्यान्न तथा सागसव्जी पसल पुर्ण स्वास्थ्य सुरक्षण विधि अवलम्वन गरी विहान ८ देखि १० बजेसम्ममात्र सञ्चालन गर्ने, अस्पताल र अन्य स्वास्थ्य सेवासँग सम्बन्धित क्षेत्र नियिमत संचालन हुने, नगरक्षेत्रभित्रका शैक्षिक संस्था, होटल, सपिङ महल, सैलुन, व्युटीपार्लर बन्द गर्ने निर्णय बैठकले गरेको छ ।