चीनले कोरोना बिरुद्ध उत्पादन गरेको भ्याक्सिन आगामी डिसेम्बरबाट बजारमा आउने भएको छ ।
ग्लोबल टाईम्सका अनुसार डिसेम्बर अन्त्य सम्ममा बजारमा आम मानिसका लागि आउने यो भ्याक्सिनको बजार मुल्य समेत तय भएको छ ।जस अनुसार करीब एक हजार चीनीया युआन तय भएको छ ।
जस अनुसार दुई डोज भ्याक्सिन नेपालीले खरीद गर्दा १७ हजार भन्दा बढी पर्ने देखिएको छ ।बजारमा आईसके पछि यसको मुल्य अझ कम हुने अनुमान गरिएको छ ।
चीनको राष्ट्रिय फर्माक्युलिष्ट ग्रुप ( सिनोफार्म) का अध्यक्ष लियु जिंग जेनले तेस्रो चरणको ट्रायल चलिरहेको र त्यस पछि भ्याक्सिनको बजारको समिक्षा हुने बताए ।
उनले शहरमा बस्ने युवा र विद्यार्थीहरुका लागि भ्याक्सिन जरुरी रहेको तर ग्रामिण क्षेत्रमा कम भ्याक्सिन आवस्यक नरहेको बताए ।
लियु स्वयंले यो भ्याक्सिनको एक डोज लिएका छन् ।चीनीया भ्याक्सिनले पेटेन्ट अधिकार प्राप्त गरिसकेको छ ।यस अघि नै रुसले उत्पादन गरेको भ्याक्सिन बजारमा उपलव्ध भईसक्ने अपेक्षा गरिएको छ ।