कोरोना भाइरस संक्रमणबाट नेपालमा थप तीन जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमार्फत पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।
काठमाडौं उपत्यकामा १ सय ६८ सहित आज थप ५८१ जनामा संक्रमण
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ सहित देशभर ५८१ जनामा कोरोना भायरस संक्रमण फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना गरि १६८ जनामा कोरोना देखिएको जानकारी दिएका छन् ।
आज थप भएका समेत हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म १७ हजार ४ सय ९५ निको भएका छन् ।